[the_ad id="16865"]

बाँसगढीको जनता माविमा ३ तले भवन उद्घाटन

बाँसगढीको जनता माविमा ३ तले भवन उद्घाटन
[the_ad id="16873"]

बर्दिया/बर्दियाको बाँसगढी ३ बठुवा मा रहेको जनता मा वि को तीन तलाको १२ कोठे भवन उदघाट्न नगर प्रमुख शालिकराम अधिकारिले गर्नु भयो ।उक्त कार्यक्रम को अध्यक्षता विधालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा न ३का अध्यक्ष रजमान चौधरी ,विशेष अतिथी शिक्षा शाखा बाँसगढी प्रमुख छत्र शाही ,प्रमुख अतिथी नगर प्रमुख शालिकराम अधिकारी ,विशेष अतिथी प्र अ ज्ञानेद्र पौडेल अन्य अतिथी नगरका सबै वडा अध्यक्ष बुद्धिजीवी   शिक्षक लगाएत विद्यार्थी सबै को उल्लेख्य सहभागिता रहेको थियो।

उक्त भवन को आर्थिक सहयोग प्रदेश सरकार र केन्द्र सरकार बाट भएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख शालिकराम अधिकार ले यस विधालयलाई नगर को मात्र नभई बर्दिया जिल्लामै नमुना बनाउने रहेको आगामी दिन मा पढ्दै कमाउदै कार्यक्रम लाई समेत अगाडि लैजाने , विधालयलाई आश्यक पर्न भौतिक लगाएत सबै सहयोग गर्ने ,वडा को सिफारिस मा विज्ञान् विषय लिई पढने लाई निशुल्क पढाउने व्यवस्था समेत रहेको र आगामी वर्ष प्राविधिक विषयलाई निशुल्क गर्ने योजना समेत रहेको कुरा बताउनु भयो ।

 उक्त कार्यक्रमा बोल्दै शिक्षा शाखा प्रमुख छत्र शाही ले आफनो तर्फ बाट हुने सहयोग गर्ने भौतिक सुबिधा भएको र अब गुणस्तरीय शिक्षामा ध्यान दिदै गएमा भबिस्यमा यस विधालयले धेरै प्रगति गर्ने कुरा समेत बताउनु भयो ।

उक्त कार्यक्रममा बोल्दै विधालय का प्र अ ज्ञानेद्र पौडेलले भन्नू भयो यस विधालयलाई आगामी दिनमा शैक्षिक रुपमा अगाडि लैजान प्रयास गर्ने सबै का सहयोग आवश्यक रहेको त्यसै गरि विद्यार्थि लाई छात्रावास को समेत व्यवस्था रहेको आगामी दिनमा पढ्दै कमाउदै कार्यक्रम लाई जोड दिदै लैजाने योजना रहेको बताउनु भयो प्रविधिक तर्फ ३५ जनाबाट सुरु भैइ हाल ४०० भन्दा बढी भएको समेत बताउनु भयो ।

उक्त कार्यक्रम को सहजीकरण बिमल पौडेल ले गरेका थिए ।अन्तमा कार्यक्रम को समापन गर्दै सभा अध्यक्ष रजमान चौधरीले यो विधालय हाम्रो गौरव भएको र आज प्राविधिक धारको शिक्षा आफ्नै आगन बाट लिन पाउँदा खुशी लागेको र आगामी दिनमा विधालय लाई सबै किसिम को सहयोग गर्ने प्रतिबद्धता समेत गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search