[the_ad id="16865"]

बर्दिया र बाँकेमा टाईफाईट रोग विरुद्धको खोप लगाउन आजदेखि शुरु

बर्दिया र बाँकेमा टाईफाईट रोग विरुद्धको खोप लगाउन आजदेखि शुरु
[the_ad id="16873"]

चैत २३ गते
बर्दिया र बाँकेमा टाईफाईट रोग विरुद्धको खोप लगाउन आजदेखि शुरु गरिएको छ । जिल्ला खोप समन्वय समितिका संयोजक शंकर प्रसाद थारु र प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बोस्तोलाले आज खोप अभियानको शुभारम्भ गर्नुभएको थियो । जिल्ला स्वास्थ्य कार्यालय बार्दियाका अनुसार जिल्लामा १५ महिना देखि १५ वर्षसम्मको एक लाख १० हजार ६९बालबालिकाहरु लाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बार्दियाका प्रमुख गोर्कण गिरीले जानकारी दिनुभएको छ ।

यहि क्रममा आज पहिलो दिन बर्दियाको बाँसगढी नगरपालिका ६ र ८ नम्वर वाहेक, ८ वटा सेसन को ९ वटा स्कुलमा गरि जम्मा ३ हजार २ सय ४ जना बालिबालिकामा खोप लगाइएको बाँसगढी नगरपालिका स्वस्थ्य शाखा प्रमुख गिता घिमिरेले जनकारी दिनुभएको छ । जसमा १५ महिन देखि २३ महिना सम्मका १ सय ३३ जना र २३ महिनादेखि १५ वर्ष मुनिका ३ हजार ८१ जनालाई टाईफाईड रोग विरुद्धको खोप लगाइएको जानकारी दिनुभयो ।

अभियान अन्र्तगत बाँसगढी नगरपालिकामा १७ हजार ७ सय ४९ जना बालबालिकहरुमा टाईफाईड रोग विरुद्धको खोप लगाइने छ । बर्दियाका ८ वटा स्थानिय तहको विद्यालयमा खोप केन्द्र तोकि खोप अभियान शुरु गरिएको हो । त्यसैगरि बाँकेमा एक लाख १५ हजार दुई सय बालबालिकाहरुलाई टाइफाइडविरुद्धको खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । विद्यालय तथा स्वास्थ्य संस्थामार्फत चल्ने यो अभियान चैत २८ गतेसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search