[the_ad id="16865"]

बाँसगढी नगरपालिकाको निति तथा कार्यक्रम पारित

बाँसगढी नगरपालिकाको निति तथा कार्यक्रम पारित
[the_ad id="16873"]

 

म बनाउछु मेरो विद्यालय, नगरपालिकाको जिम्वेवारीः युवालाई रोजगारी देखी एक छोरी एक बैंक खाता कार्यक्रम

 

बर्दिया बाँसगढी नगरपालिकाको निति तथा कार्यक्रम पारित भएको छ । बिहिबार देखी सुरु भएको ११ औँ नगर सभाको पहिलो बैठकमा प्रस्तुत निति तथा कार्यक्रम छलफल पछि नगर सभाले बहुमतले पारित गरेको हो । बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आर्थिक बर्ष २०७९।०८० को निति तथा कार्यक्रम नगर सभामा प्रस्तुत गरेका थिए ।

नगरबासीहरुको जीवन सुधार गर्न तथा भौतिक विकास र आर्थिक समृद्धिको अपेक्षा पुरा गर्न सुशासन कायम गर्दै अघि बढ्ने संकल्प सहितको ११ पेज १ सय बुदे निति तथा कार्यक्रम नगर सभामा प्रस्तुत गरिएको थियो । निति तथा कार्यक्रमममा शिक्षा र कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिएको छ । नगर प्रमुखले प्रस्तुत गरेको निति तथा कार्यक्रममा आगामी आर्थिक बर्ष शैक्षिक गुणस्तर सुधारको प्रारम्भिक बर्षको रुपमा रहने उल्लेख गरिएको छ ।

आगामी पाँच बर्षमा गुणात्मक शैक्षिक सुधारको लागि पञ्चबर्षिय शैक्षिक सुधार योजना निर्माण गरी “म बनाउँछु मेरो विद्यालय” भन्ने भावना जागृत गर्ने कार्यक्रम सञ्चालन गर्ने देखी शिक्षालाई जीवन उपयोगी बनाउदै सबै विद्यालयमा “पढदै कमाउदै” कार्यक्रम बिस्तार गरिने निति लिएइको छ ।

विद्यालयमा नविनतम सुचना तथा प्रविधिको माध्यमबाट गुणस्तरीय शैक्षिक सुधार गरिने, पुर्ण रुपमा निशुल्क घोषणा गरिएको आधारभुत तह सम्मको शिक्षालाई प्रभावकारी कार्यान्वय गर्दै क्रमशः माध्यामिक तह सम्म निशुल्क शिक्षा प्रदान गर्दै जाने निति अवलम्बन गरिएको छ । शिक्षामा सबैको पहुचको विकास गर्न “स्थानिय सरकार छात्र बृद्धि कार्यक्रम”, विपन्न विद्यार्थीहरुलाई खाजा, पोशाक र स्टेशनरी उपलब्ध गराउने देखी उत्कृष्ठ प्रतिभा भएका गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई “नगर प्रतिभा पुरुस्कार” उत्कष्ठ कार्यसम्पादन गर्ने शिक्षकलाई “सर्वोत्कृष्ठ शिक्षक पुरुस्कार” प्रदान गरिने, विद्यार्थीहरुको स्वास्थ्य चेकजाँचदेखि औषधी नि:शुल्क उपलब्ध गराईने सम्म निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यस्तै कृषि योग्य जमिन बाँझो नराख्ने निति अवलम्बन गरिने र बाँझो खेतलाई लिज वा भाडामा लिई कृषि कार्य गर्न प्रोत्साहन सँगै आर्गेनिक कृषि उत्पादनमा जोड दिने निति तथा कार्यक्रममा उल्लेख छ ।

“सहकारी समुह छ हाम्रो उत्पादन छ राम्रो” भन्ने मुल नाराका साथ कृषि क्षेत्रमा सामुहिक खेतीलाई प्रोत्साहन गरिने, किसान सँग स्थानिय सरकार, “कृषिको समग्र विकास रोजगारी सिर्जनाको आधार” भन्ने भनाईलाई साकार बनाउन परम्परागत कृषि प्रणालीलाई उत्पादनमुलक दिगो कृषि प्रणालीको विकास गरिने, बाँसगढीको चिनारी बोकेका स्थानिय उत्पादनलाई आधुर्निक तरिकाबाट प्याकेजिङ, लेबलिङ र ब्राण्डिङ गरी बजारिकण सुरु गरिने, बाँसगढी कृषि बजारको प्रभावकारी सञ्चालन गरिने, आलु र प्याजलाई औद्योगिक बालीका रुपमा यस बर्ष १ सय हेक्टर क्षेक्रफलमा प्रबद्र्धन गरिने, नगरपालिकाको जिम्वेवारीः युवालाई रोजगारी, एक गाँउ एक उत्पादन लगायतका कार्यक्रम कृषि क्षेत्रको विकासका लागि अबलम्बन गरिएको छ ।

त्यस्तै पशुपंछी पाालनलाई व्यवसायिक रुपमा अगाढी बढाउन उत्पादनका आधारमा अनुदान, कृषकलाई प्रतिलिटर दुध तथा प्रति केजी मासुमा अनुदान प्रदान गरिने निति लिईएको छ भने “एक छोरी एक बैंक खाता” कार्यक्रमलाई नगरको नमुना कार्यक्रमको रुपमा विस्तार गरिने नगर भित्र जन्मने हरेक छोरीका लागि केही रकम सहित बैठक खाता खोलिने र “बालश्रम मुक्त पालिका” बनाईने निति तथा कार्यक्रम राखिएको छ ।

“फोहोर फोहोर होईन यो त मोहोर हो”भन्ने भनाईलाई व्यवहारमा लागु गर्न फोहोरको बर्गिकरण, संकलन, प्रशोधन र पुन प्रयोगको निति लिईने र नगरको बजार क्षेत्रलाई सफा, सुन्दर र हरियाली बनाईने निति तथा कार्यक्रममा उल्लेख छ ।

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पशु, स्वास्थ्य, वन वातावरण खानेपानी तथा सरसफाई, भौतिक पुर्वाधार, महिला बालबालिका तथा समाजकल्याण, उद्योग, वाणिज्य तथा रोजगार तथा पर्यटन, विपद व्यवस्थापन लगायतका क्षेत्रको विकासका लागि निति तथा कार्यक्रममा आवश्यक निति अबलम्बन गरिएको छ ।

नगर प्रमुखले प्रस्तुत गरेको निति तथा कार्यक्रम छलफल पछि बिहिबार नै पारित समेत गरिएको छ । नगर सभाको अर्को बैठक शुक्रबार १ बजे बस्ने र बैठकमा आर्थिक बर्ष २०७९।०८० को बजेट प्रस्तुत गरिने कार्य सुची रहेको बाँसगढी नगरपालिकाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search