[the_ad id="16865"]

पाैष ६ गते देखि सञ्चालन हुने महाेत्सवकाे सम्पुर्ण तयारि पूरा

पाैष ६ गते देखि सञ्चालन हुने महाेत्सवकाे सम्पुर्ण तयारि पूरा
[the_ad id="16873"]

ज्याेति पन्थि बर्दिया
बर्दिया, बर्दियाकाे सदरमुकाम गुलरियामा शुक्रबार देखि शुरू हुने प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवकमे सम्पुर्ण तयारि पूरा भएकाे छ । पौष ६ गते शुक्रबार देखि पाैष १६ गते सम्म सञ्चालन हुने महाेत्सवकाे सम्पुर्ण तयारि पूरा भएकाे उध्धाेग बाणिज्य संघ बर्दियाका अध्यक्ष देवेन्द्र पाण्डे मंगलले बताउनु भयाे ।

१० दिन सम्म सञ्चालन हुने उक्त महोसत्वमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले गर्ने जनाईएको छ । गुलरिया नगरपालिका–८ कोठिया गाउँ नजिक (निलो आयल पेट्रोल पम्मको पुर्व पट्टि)लाग्नेछ ।

महोत्सव उद्घाटनको दिन भोलि शुक्रबार (पौष ६ गते) राष्ट्रिय कलाकार दिपक खड्का र शोभा त्रिपाठी आउने उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले जनाएका छन् ।

त्यसैगरी पौष ७ गते प्रिति आले,सुनिल पण्डित,अस्मिता पुरी, ८ गते सुप्रीम मल्ल, सोनु कुस्मी,कमल विसि, ९ गते एलिना चौहान, राजमी खाड,दर्पण कुस्मी, १० गते सान्ती श्री परियार, श्रीनिवास चौधरी,११ गते प्रमोद खरेल, अन्जली अधिकारी,राज कुस्मी आउने छन् ।

१२ गते चक्र बम,अन्जु कुस्मी,टीका जैसी, १३ गते रमेश राज भट्टराई,ज्योति मगर,१४ गते प्रीति पास्वान,आरके थारु,एन्जिला रेग्मी,१५ गते पल शाह,पुर्णकला विसि, काजिस श्रेष्ठ, १६ गते अनु चौधरी दिनेश काफ्ले, कोस खड्का र विष्णु थापा आउने आयाेजक उध्धाेग बाणिज्य संघ गुलरियाले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search