[the_ad id="16865"]

केदारेश्वर धाम बाँसगढीमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न

केदारेश्वर धाम बाँसगढीमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न
[the_ad id="16873"]

बाँसगढीमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ । राधिका फाउन्डेसनको आयोजना तथा ॐ केदारेवर धाम (ट्रष्ट) बाँसगढी बर्दियाको व्यवस्थपनमा पौष १० गतेदेखि १६ गते सम्म श्रीमत भागवत महायज्ञ लगाइएको थियो । असाहय अनाथ बालबालिकाहरुको गुरुकुल शिक्षासहितको आश्रम भवन निर्माणका लागि ॐ केदारेवर धामको प्राङ्गणमा महायज्ञ समापन गरिएको धामका अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले बताउनुभयो । सुप्रसिद्ध भागवत मञ्जरी राधिका दासीको मुखारविन्दबाट कथा वाचन, भजन कृटन लगाएतका झाँकी प्रर्दशन गरिएको थियो । महायज्ञमा स्थानीय व्यक्ति तथा संघसंस्थाले सहयोग पुर्याएको धामका अध्यक्ष बास्तोलाले बताउनुभयो । पवित्र उदेश्य लिई आयोजित महायज्ञ कार्यक्रममा श्रद्धालु भक्तजनहरुको उल्लेखनीय उपस्थिति हुनुका साथै स्वतःस्फूर्त रुपमा अन्न दान, तुलादान, जग्गा दान सहित नगद सहयोग पुर्याएका सहयोगीदाताहरुलाई सम्मान पत्र प्रदान गरिएकोे श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ मूल समारोह समितिले जनाएको छ । सो महायज्ञमा धामका अध्यक्ष कृष्ण प्रसाद बास्तोलाको सभाअध्यक्षता तथा प्रमुख अतिथि बाँसगढी नगरपालिका नगर प्रमुख खड्क बहादुर खड्का, वडाका अध्यक्ष तथा समाजसेबी बुद्धिजिवि, लगाएत स्थानियहरुको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search