[the_ad id="16865"]

जब्दीपुल पुर्ननिर्माणको माग गर्दे बर्दियामा पर्दशन

जब्दीपुल पुर्ननिर्माणको माग गर्दे बर्दियामा पर्दशन
[the_ad id="16873"]

ज्योति कुमार पन्थी
बर्दिया जिल्लाको सदरमुकाम गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोडने जब्दीपुल भासिएको ७ बर्ष सम्म पनि पुर्ननिर्माण हुन नसकेको भन्दै आज बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा पर्दशन गरिएको छ । सदरमुकाम सँग जोडने जब्दीपुल २०७४ सालमा बबई नदीमा आएको बाढीले पुलको ४ वटापिलर भासिएको थियो भने २०७९ सालमा आएको बाढीले पुलको २ वटा स्लायपनै बगाएको थियो । २०७४ साल देखि अहिले सम्म पुलको अवलोकनमा एक दर्जन मन्त्री पुगि सकेका छन बर्दिया पुग्ने मन्त्रीहरुले पुल बनाउँने बताए पनि अहिले सम्म पुल पुर्न निर्माण हुन सकेको छैन भने पुल पुर्न निर्माण हुन नसक्दा बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिकाका स्थानियहरुले दवाव समुहनै निर्माण गरेर आज बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा पर्दशन गरेको स्थानिय बेलौति थारुले बताईन ।

पुल निर्माण गर्न माग गर्दे पर्दशनमा उत्रिएका स्थानियहरुले सरकराले पुल निर्माण्मा उदासिनता देखाएको बताएका छन भने नेताहरुले आश्वासन मात्र दिएको स्थानियको गुनासो छ । बर्दिया जिल्लाको सदमुकामनै जोडने जब्दीपुल पुर्न निर्माणको माग गर्दे गत बैशाखमा ८ दिन सम्म अनसन बसेका बर्दिया जिल्ला क्षेत्र नं. १ का संघिय संसद सञ्जय कुमार गौतमको अनसन तोडाउँन बर्दिया पुगेका भौतिक पुर्वाधार मन्त्री प्रकाश ज्वालाले समेत १० दिनमा पुल पुर्न निर्माणका लागि ठेक्का प्रकृया अगाडी बढाउँने बताए पनि १० महिना पुगि सक्दा समेत अहिले सम्म पुलको ठेक्का प्रकृया समेत शुरु हुन सकेको छैन । सरकारले जब्दी घाटको पुल बनाउन आनाकानि गरे २०८४ मा आफुहरु मतदान बहिस्कार गर्ने स्थानिय राजेन्द्र सिंहले बताए ।
नेपालमा पुल निर्माणको माग गर्दे जन प्रदर्शन भएको यो पहिलो घटना हो । पटक पटक स्थानियले पुल निर्माण गर्न माग गरे पनि पुल पुर्न निर्माण हुन नसके पछि पछिल्लो समय गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिकाका स्थानियहरुले समाजसेवी दिनेश प्रसाद श्रेष्टको नेतृत्वमा दवाव समुहनै घठन गरेर मंगलबार देखि बर्दिया जिल्लामा पर्दशन शुरु गरेका छन ।

२०७४ साल देखि अहिले सम्म पुल निर्माणका लागि आश्वासन दिएका एक दर्जन मन्त्री परिवर्तन भई सकेका छन भने यसै अवधिमा ८ जना प्रमुख जिल्ला अधिकारीको समेत बर्दियाबाट सरुवा भई सकेको छ तर अहिले सम्म पनि जब्दी पुल निर्माण नभए पछि स्थानियले पुल निर्माणका लागि आन्दोलननै शुरु गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search