[the_ad id="16865"]

भ्याली स्लाम टेनिस भोलिदेखि

भ्याली स्लाम टेनिस भोलिदेखि
[the_ad id="16873"]

हिमाल मिडियाको आयोजनामा बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
प्रतियोगितामा पुरुष÷महिला सिंगल्स, पुरुष डबल्स र भेट्रानको विभिन्न उमेरसमूहमा गरी जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता सुपरभाइजर कृष्णराज घलेले जनाएका छन् । भेट्रानमा पुरुष ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि सिंगल्स र डबल्समा खेल हुनेछ ।

सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । कुल पुरस्कार राशी ५ लाख ७६ हजार रुपैयाँ छ । पुरुष÷महिला सिंगल्स र पुरुष डबल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २० हजार र १०÷१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । ३५ वर्षमाथि सिंगल्स÷डबल्समा पहिलो हुनेले २५ हजार, दोश्रोले १२ हजार ५ सय र तेश्रो हुने दुई खेलाडीले ६÷६ हजार नगद पुरस्कार हात पार्ने छन् । ४५ वर्षमाथि पुरुष सिंगल्स÷डबल्सका विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ४ हजार ५ सय÷४ हजार ५ सय नगद पुरस्कार जित्ने छन् । ५५ वर्षमाथि प्रथमलाई १५ हजार, दोश्रोलाई ७ हजार ५ सय र तेश्रो हुनेलाई ३ हजार ५ सय÷३ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने छ । ६५ वर्षमाथि पहिलो हुनेलाई १० हजार, दोश्रोलाई ६ हजार र तेश्रोलाई ३÷३ हजार नगदबाट पुरस्कृत गरिने छ ।

नेपाल टेनिस संघ तथा पाटनस्थित ढोकइमा क्याफेको सहयोगमा हुन लागेको प्रतियोगितामा १ सय ३९ खेलाडीको सहभागित रहने आयोजकले जनाएको छ । असोज १२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ ।

आईएफकेके राष्ट्रिय फुल कन्ट्याक्ट करातेमा परिसालाई स्वर्ण
परिसा खड्गीले छैटौं आईएफकेके राष्ट्रिय तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको महिला ४५ केजीमुनि स्वर्ण जितेकी छन् । परिसाले फाइनलमा सरस्वतीकुमारी बोहरालाई पराजित गरिन् । सपना तामाङले कांस्य जितिन् ।
इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आईएफकेके) द्वारा आयोजित प्रतियोगिताको महिला ४० केजीमुनि शिवानी आले मगर पहिलो भइन् । शिवानीले फाइनलमा कृतिका लामालाई हराइन् । प्राश्नी तामाङ तेश्रो भइन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको पुरुष ३५ केजीमुनि आरुस थापाले फाइनलमा इशान सापकोटालाई पाखा लगाउदै पहिलो भए । अमनकुमार गुप्ता तेश्रो बने । पुरुष ४० केजीमुनि आकाश नेपालीले स्वर्ण जिते । उनले फाइनलमा मनोज अग्रीलाई पन्छाए । साजन वाइबा तेश्रो स्थानमा रहे ।
पुरुष ४५ केजीमुनि प्रवेश गुरुङले बाजी मारे । उनले स्वर्ण भिडन्तमा सागर तामाङको चुनौती समाप्त पारे । शेख रिज्वान तेश्रो भए । पुरुष ५० केजीमुनि फाइनलमा सरोज राईले फाइनलमा अनिलकुमार लोहारमाथि जित दर्ता गर्दै शीर्ष स्थान हात पारे । बसन्त सारु मगर तेश्रो भए । सबै स्पर्धामा पदक जित्ने खेलाडीले नगद पुरस्कार पाए । कुल १ लाख ३१ हजार नगद पुरस्कार वितरण गरिएको थियो ।
विजेतालाई नेपाल क्योकुसिन कराते डो संघ (वज्र) का अध्यक्ष जगतप्रसाद गौचन, वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धर, आयोजक आईएफकेकेका संस्थापक एवं नेपाल ब्रान्च चिफ प्रेमबहादुर तामाङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगिताको पुरुषमा ४ र महिलामा २ गरी ६ स्पर्धामा १ सय खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।

काष्ठमण्डप कप मंगलबारदेखि
काष्ठमण्डप विद्यालयको आयोजनामा दोश्रो काष्ठमण्डप कप मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा बास्केटबल र फटसलको प्रतिस्पर्धा हुने काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन् ।
बास्केटबलको सिनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा ८ टिम सहभागी हुने छन् । फुटसलको सिनियर ब्वाइजमा ११, जुनियर ब्वाइजमा १२ र सिनियर गल्र्समा ८ टिमले भाग लिने छन् ।
प्रतियोगिताका खेलहरु लिग कम नकआउट आधारमा हुनेछ । साताव्यापी प्रतियोगिताका खेलहरु म्ण्डिखाटारस्थित आयोजकै हातामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search