[the_ad id="16865"]

ओडीआईमा सन्दीप, करण र गुल्सनको वरीयता सुधार

ओडीआईमा सन्दीप, करण र गुल्सनको वरीयता सुधार
[the_ad id="16873"]

ओडीआईमा ब्याटिङतर्फ ओपनर आसिफ शेख ११ स्थान तल झर्दै ७९ औं स्थानमा पुगेका छन् । कुशल भुर्तेल ४ स्थान तल झर्दा ८० औं स्थानमा छन् । रोहित पौडेल ८७ औं स्थानमा यथावत छन् ।

ओडीआईको अलराउन्डरतर्फ सन्दीपले एकै पटक २२ स्थान सुधार गरेका छन् । अष्ट्रेलियाका ट्रविस हेड, एडम जाम्पा र सन्दीपको समान १४७ अंक हुँदा ४१ औं स्थानमा छन् ।


बलिङतर्फ भने उनी ४८ औं स्थानमा यथावत छन् । ललित राजवंशीको दुई स्थान खस्किदा ५२ औं स्थानमा पुगेका छन् । एक स्थान खस्किएका दीपेन्द्र ६४ औं स्थानमा छन् ।

अलराउन्डरतर्फ करण केसीले एकै पटक ११ औं स्थान सुधार गर्दै ७६ औं स्थानमा उक्लिएका छन् ।

गुल्सन झाले १३ स्थान सुधार गर्दै ९० औं स्थानमा छन् । त्यस्तै ललित राजवंशीले १ स्थान सुधार गर्दै ९४ औं स्थानमा छन् ।

नेपालको ओडीआई वरीयता पनि खस्किएको छ । नेपाल नेपाल १ स्थान तल झदै १७ औं स्थानमा पुगेको छ । स्रोत अनलाईन खवर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search