ज्योति पन्थी
बर्दिया चैत १५ गते । गुलरियाको हिमाली आधारभुत बिद्यालय र कृष्णसार आधारभुत बिद्यालयका किशोर किशोरी आजभोली साथीहरु संग खुलेरै यौन तथा प्रजनन स्वास्थ्यका कुरा गर्दछन ।
गुलरियामा रहेको राधाकृष्ण थारु जनसेवा केन्द्रले हिमाली आधारभुत बिद्यालय र कृष्णसार आधारभुत बिद्यालयका किशोर किशोरीलाई दौतरी शिक्षा तालिम दिए पछि उनिहरु खुलेर यौन तथा प्रजनन स्वास्थ्यका कुरा गर्ने भएका हुन ।
गुलरियाको राधाकृष्ण थारु जनसेवा केन्द्रले हिमाली आधारभुत बिद्यालयका १० जना र कृष्णसार आधारभुत बिद्यालयका १० जना गरी २० जनालाई दौतरी शिक्षाको तालिम दिए पछि उनिहरु आजभोली खुलेर यौन तथा प्रजनन स्वास्थ्यका कुरा गर्ने भएका हुन । बिद्यालयमा मात्र हैन बिद्यालय समय भन्दा बाहिर फुर्सदको समयमा पनि उनिहरु आफना साथीहरुको घरमा गएर बाल बिवाह नगर्न, प्रजनन स्वास्थ्यका कुरा साथीभाई सहित साथीहरुका अभिभावकलाई सम्झाउँने गर्दछन । आफुले बिद्यालयमा अध्यन गरेको बिषय र तालिममा आफुहरुले पाएको ज्ञान तालिम नलिएका साथीहरुमा बाडन पाउँदा निकै खुसि लागेको कृष्णसार आधारभुत बिद्यालयकी छात्रा लक्ष्मी गोडियाले बताउँनु भयो ।

आफुहरुले पाँच दिन सम्म लिएको तालिम समुदाय र आफना साथी भाई समक्ष सुनाउँन र सजग गराउँन खाली समयको समेत सदुपयोग भएको र किशोर किशोरीको यौन तथा प्रजनन अधिकारका बिषयमा आफुहरुले कुरा गर्ने गरेको हिमाली आधारभुत बिद्यालयका छात्र मोहम्मद हुसैनले बताउँनु भयो । राधाकृष्ण थारु जनसेवा केन्द्रले गत बर्ष देखि गाउँ स्तरमा रहेका बिद्यालयहरुमा स्व्च्छ खानेपानी र किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थय सम्बन्धि चेतनामुलक काम गर्दे आई रहेको राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्टले बताउँनु भयो ।
बिद्यालयमा अध्यन गर्ने अधिकांश बालबालिका मधेशि समुदायका भएकोले उनिहरुलाई उनिहरुको स्वास्थ सवल बनाउँनका लागि किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोनना अन्र्तगत दौतरी शिक्षा मार्फत उनिहरुलाई तालिम दिए पछि उनीहरुले साथीहरु सँग यौन तथा प्रजनन स्वास्थयका कुरा गरुन र स्वास्थ्य सवल होस भन्ने उद्धेश्यले तालिम दिईएको राधाकृष्ण थारु जनसेवा केन्द्रका कर्मचारी सुमित्रा पौडेलले बताउँनु भयो ।








