गोविन्द लामिछाने
बर्दिया जेठ १ गते । स्थानीय तहमा युवा सहभागिता ढाँचाबारे सरोकला र बीच अभिमुखीकरण कार्यक्रम बर्दियाको गुलरियामा सम्पन्न भएको छ। गुलरिया नगरपालिकाको समन्वय तथा प्लान नेपालको सहयोग र बाँके युनेस्को क्लबले आयोजना गरेको उक्त कार्यक्रममा किशोर किशोरी तथा युवा क्लब का किशोरी किशोरीहरूसहित गुलरिया नगरपालिकाका वडा अध्यक्षहरू को समेत उपस्थिति रहेको थियो। कार्यक्रममा गुलरिया नगरपालिकाका वडा नं १ का वडाध्यक्ष जोगीराम थारु वडा नम्बर २ का वडा अध्यक्ष टंकप्रसाद अधिकारी वडा नम्बर ३ का वडाध्यक्ष सर्वजित यादव वडा नम्बर ४ का वडा अध्यक्ष सुरेश गौतम नम्बर ५ का वडा अध्यक्ष मुम बहादुर मल्ल वडा नम्बर ६ का वडा अध्यक्ष सुदानसु प्रकाश शर्मा वडा नम्बर ७ का वडाध्यक्ष मनोज कुमार यादव ८ का वडाध्यक्ष धर्मेन्द्र बानिया वडा नम्बर ९ का वडाध्यक्ष हरिप्रसाद पासी वडा नम्बर १० का वडाध्यक्ष लक्ष्मीनारायण लोध वडा नं ११ का वडाध्यक्ष विष्णु यादव वडा नम्बर १२ का वडाध्यक्ष रामकुमार चौधरीको उपस्थिति रहेको थियो।
कार्यक्रममा गुलरिया नगरपालिकाकी उप प्रमुख सावित्रा गौतमले युवाहरूको बढ्दो सक्रियताले वडा र नगरमा हुने कामले गति लिने विश्वास व्यक्त गर्नुभयो। वडा र नगरले आगामी वर्षको बजेट बनाउँदा युवाहरूका मागलाई समेत ध्यान दिनुपर्ने बताउनु भयो । कार्यक्रममा बाँके युनेस्को क्लबको सशक्त बालिका परियोजना संयोजक गोविन्दप्रसाद लामिछानेले स्थानीय तहमा युवाहरूलाई सहभागिता गराउन सरोकारहरूलाई जानकारी होस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो कार्यक्रममा करिब ५० जनाको सहभागिता रहेको थियो।








