बर्दिया जेठ ४ गते । राष्ट्र बैकले नियन्त्रणमा लिएको कर्णाली बिकास बैकमा महिनाको तिन पटक निक्षेपकर्ताहरुलाई ५ हजारका दरले रकम भुत्तानी दिन थाले पछि अहिले ४२ डिग्री तापक्रममा पनि मानिसहरु बैक धाउँन बाध्य भएका छन ।
गुलरिया नगरपालिका वडा नं.४ बस्ने टिका योगीले आफनो जग्गा बिक्री बापतको १२ लाख रुपैया गुलरियामा रहेको कर्णाली बिकास बैकमा निक्षेप राख्नु भयो ।
त्यति बेला सम्म कर्णाली बिकास बैकको खासै हल्ला बाहिर आएको थिएन टिका योगीले पैशाा राखेको केही महिना नबित्दै २०८१ पुस १० गते राष्ट बैकले कर्णाली बिकास बैकलाई आफनो नियन्त्रणमा राख्ने निर्णय गरे सँगै पुस ११ गते देखि बैक राष्ट्र बैकको नियन्त्रणमा पुग्यो त्यस पछि बल्ल सर्वधारणले बैक खतरामा रहेको थाहा पाए भने टिका योगीलाई समेत निकै चोट पर्यो ।
आफुले जग्गा बिक्री गरेर बैकमा राखेको पैशा १२ गते निकाल्न आउँदा उहाँले पैशा पाउँनु भएन राष्ट्र बैकको नियन्त्रणमा पुगेको कर्णालीको ब्यवस्थापन अझै सृदृढ हुन सकेको छैन भने टिका जस्ता सयौ निक्षेप संकलनकर्ताहरु यतिबेला बिचल्लीमा परेर बैक धाउँन बाध्य भएका छन । बर्दिया मात्र हैन बाकेको नेपालगञ्जमा मुख्य कार्यालय रहेको कर्णाली बिकास बैकको दाङ, बाके बर्दियाका १९ वटा शाखामा अहिले दैनिक मानिसहरु आफनो निक्षेप फिर्ताका लागि धाउँन थालेका छन । जग्गा बिक्री गरेर अन्यत्र जग्गा खरिद गर्न आफुले जम्मा गरेको निक्षेप रकम फिर्ता नपाउँदा जग्गाको बहेना लगाएका जग्गा धनिलाई अहिले आफुले ब्याज तिर्नु परेको गुनासो गुलरिया नगरपालिका ४ बस्ने टिका योगीले बताउँनु भयो ।
राष्ट्र बैकले नियन्त्रणमा लिएको कर्णाली बिकास बैकले अहिले महिनामा तिन पटक मात्र निक्षेप संकलनकर्ताहरुलाई ५ हजार को दरले निक्षेप फिर्ता गर्ने गरेको छ । पैशा झिक्न बैक आउँदा बैक डुवि सकेको थाहा भयो अहिले ५ हजार भए पनि लिनु पर्ने अवस्था छ बारबर्दिया नगरपालिका वडा नं. १० का मिकीलाल थारुले बताउँनु भयो । तराईमा बढदो गमि सँगै अहिले मानिसहरु आफनो निक्षेप फिर्ता पाईन्छ कि भनेर दिनदिनै बैक धाउँने गरेको गुलरिया नगरपालिका १२ निवासि अब्दुल बारीले बताउँनु भयो । कर्णाली बिकास बैक राष्ट्र बैकको भनाई अनुसार अहिले पनि १ अर्व ३३ करोड घाटामा रहेको देखिन्छ । अनुगमनका क्रममा बिगत देखिनै कर्णाली बिकास बैक धरासायी बन्दै गएको भन्दै यस अघि पनि बैकका अध्यक्ष राजेन्द्रबिर राय र निर्देशक दिनेश रावतलाई ५।५ लाख जरिवाना तिराएर बर्खास्त गरेको कर्णाली बिकास बैकका प्रवक्ता बिष्णु कुमार बिश्वकर्माले बताउँनु भयो । 
धरासायि बन्दै गएको कर्णाली बिकास बैकको अवस्थाबारे सञ्चालकलाई थाहा हुदा हुदै पनि सुधार गर्न नसक्दा बैक धरासायी भएको देखिन्छ । बैकको निक्षेप संकलन ४ अर्व ५० करोड देखिन्छ भने कर्जा लगान ितर्फ हेर्दा २ अर्व लगानी र ८० करोड ब्याज आउँन बाकी देखिन्छ । कर्णाली बिकास बैकको बर्दियामा मात्र गुलरिया, मधुवन, राजापुर, भुरिगाउँ र बाँसगढी गरि ५ वटा शाखा सञ्चालनमा छन ।








