[the_ad id="16865"]

गुलरिया नगरपालिकाले भुकम्प प्रभावितलाई १० लाख मूल्य बराबरकाे खाध्यान्न सहयाेग गर्ने

गुलरिया नगरपालिकाले भुकम्प प्रभावितलाई १० लाख मूल्य बराबरकाे खाध्यान्न सहयाेग गर्ने
[the_ad id="16873"]

गुलरिया नगरपालिकाकाे साेमबार सम्पन्न कार्यपालिकाकाे कैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएकाे छ । साेमबार सम्पन्न बैठकले २०८० कात्तिक १७ गते राति जाजरकोट जिल्लाक रामीडाँडा केन्द्रविन्दु भएर गएको 6.4 म्याग्निचुड स्केलको भुकम्पबाट प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउने प्रयोजनार्थ प्रकोप व्यवस्थापन कोषबाट व्यहोर्ने गरी जाजरकाेटमा . १० लाख बराबरकाे खाद्यसामाग्री उपलब्ध गराउने निर्णय गरेकाे छ ।

त्यसैगरि गुलरिया नगरपालिका अन्तर्गत रहेकाे पशु हाटबजारको पटक पटक न्यूनतम अंक दश लाख मात्र राखी सूचना प्रकाशन भएकोमा सो सूचनाका म्यादमा कुनै पनि दरभाउपत्र पेश नभई ठेक्का वन्दोवस्तीबाट सो हाटबजार ठेक्कामा लगाउन नसकीएकोले कार्यालयबाटै कार्मचारी खटाई हाटबजार शुल्क असुली गरीएकोमा श्रावण देखि यता कार्यालयबाट असुल गरिएको प्रति हाटबजारको अनुपात रकम लाई आधार मानी अर्को ठेक्का वन्दोवस्त नहुदा सम्मका लागी गु.न.पा-6 वस्ने सुन्दर विष्टले प्रति हाट बजार रु. बाह्र हजार सात सय बुझाउने गरि निजलाई प्रति हाटबजार रु. १२,७००।- मा पटके कर असुली गर्न दिने निर्णय समेत गरेकाे छ ।

त्यसैगरि साेमबार सम्पन्न कार्यपालिका बैठकले विल्डन संस्था र नगरपालिकाको साझेदारीमा वडा नं. 7 हिमालय आ.वि चौगुर्जीमा विद्यालय भवन निर्माणका लागि आवश्यक पर्ने ढुङ्गा लगायत बालुवा कार्यालयबाट उपलब्ध गराउने र जिल्ला दररेटमा आधारित रहि थप बाँकी रकम नगरपालिकाको आगामी हिउँदे अधिवेशनमा सुनिश्चिता गर्ने निर्णय गरेकाे गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताउनु भयाे । कार्यपालिका बैठकबाट निर्णय भए बमाेजिकाे खाध्य सामाग्री तत्काल रूकुम पठाउने नगर प्रवक्ता शुदांशु प्रकाश शर्माले बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search