[the_ad id="16865"]

मधुवन नगरपालिकाका शिक्षकलाई रियल प्लान तालिम सम्पन्न

मधुवन नगरपालिकाका शिक्षकलाई रियल प्लान तालिम सम्पन्न
[the_ad id="16873"]

बर्दिया मधुवन नगरपालिका भित्रका सम्पुर्ण सामुदायिक बिद्यालयका प्रधानाध्यापक तथा बिषयगत शिक्षकहरुलाई सिकाई आपुरण तथा द्रुत सिकाई सम्बन्धी रियल प्लान क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । कोभिड–१९ का कारण बालबालिकाको शिक्षण–सिकाईमा पर्न गएको असर कम गर्ने तथा शैक्षिक गुणस्तर बढाउने उद्वेश्यले उपचारात्मक कक्षा सन्चालनका लागी तालिम प्रदान गरिएको थियो।

तालिमको पहिलो चरण अन्तर्गत मधुवन नगरपालिका भित्र रहेका सामुदायिक बिद्यालयका २७ जना प्रधानाध्यापक हरुलाई १ दिने सिकाई आपुरण तथा द्रुत सिकाई सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे थियाे । उक्त कार्यक्रम उद्घाटनमा मधुवन नगरपालिका नगर उपप्रमुख अनिता चौधरीले तालिमले शिक्षकलाई फाईदा पुग्नेमा आफु बिश्वस्त रहेकाे बताउनु भयाे । त्यसै गरि रियल तालिम अन्तर्गत दोस्रो चरणमा मधुवन नगरपालिका भित्र रहेका सामुदायिक बिद्यालयका ४२ जाना बिषयगत शिक्षकहरुलाई २ दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न भएकाे छ । उक्त तालिम प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लवको सहन्वय तथा साझेदारीमा सन्चालित सशक्त बालिका परियोजना र मधुवन नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा मधुवन बर्दियाको सहकार्यमा उक्त तालिम सम्पन्न गरिएकाे छ ।

तालिमको सहजीकरण मधुवन नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख नाराण खनाल तथा बिषयगत प्रशिक्षकहरुले गर्नु भएको थियो। यसका अतिरिक्त सिकाई आपुरण तथा द्रुत सिकाई
रियल प्लान सम्बन्धि अन्तर्गत कक्षा ६, ८, ९ र १२ का ४४ विषय शिक्षकहरूलाई उनीहरूको पढाइमा कमजोर विद्यार्थीहरूलाई सहयोग गर्न र विद्यालय बाहिर रहेका बालबालिकालाई सर्भे मार्फत सिकाइको अवसर सिर्जना गर्न क्षमता अभिवृद्धि गर्न तालिम दिइएको सशक्त बालिका परियोजना कार्यक्रम संयोजक श्री गोविन्द लामिछानेले जानकारी गराए । तेस्रो चरणका अनुगमन मुल्याङ्कण समिक्षा तथा पुनर्ताजगी तालिमहरु प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लवकाको साझेदारीमा सन्चालित सशक्त बालिका परियोजना र मधुवन नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको सम्युक्त लगानी तथा साझेदारीमा २०८० असार भित्र नियमित रुपमा सन्चालन गरिने समेत संयोजक लामिछनेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search