एण्डिज शर्मा
बर्दिया जिल्लाकाे मधुवन नगरपालिकामा मानव अधिकार सन्यन्त्र तालिम सम्पन्न भएकाे छ । दलित महिला संघ बर्दियाले दुई दिन सम्म सञ्चालन गरेकाे मानव अधिकार तालिममा २५ जना दलित महिलाहरूकाे सहभागिता रहेकाे थियाे ।
कार्यक्रममा दलित महिला संघ बर्दियाकि कार्यक्रम संयाेजक हिमा सुनारले दलित महिलाकाे संविधानमा प्रदत्त कानुन र उनिहरूकाे अधिकारका बिषयमा जानकारि दिने उदेश्यले तालिमकाे आयोजना गरिएको बताउनु भयाे । २ दिन सम्म सञ्चालन भएकाे उक्त तालिमको सहजिकरण अधिवक्ता लक्ष्मि नेपाल र राजकुमार थारूले गर्नु भयकाे थियाे ।