[the_ad id="16865"]

बर्दियाका नौ विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री हस्तान्तरण गर्दै बाँके युनेस्को क्लब

बर्दियाका नौ विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री हस्तान्तरण गर्दै बाँके युनेस्को क्लब
[the_ad id="16873"]

एण्डिज शर्मा बर्दिया चैत २१ । बालविवाह न्यूनीकरणका लागि सञ्चालन रहेको सशक्त बालिका परियोजनाका लागि बर्दिया जिल्लामा सञ्चालन भएको कार्यक्रममा बाँके युनेस्को क्लबले बर्दिया जिल्लाका तीन नगरपालिकाका नौ वटा विद्यालयलाई विज्ञान प्रयोगशाला सम्बन्धी सामग्री सहयोग गरेको छ। बालिकाहरूलाई शिक्षामा पहुँच पुर्‍याउने उद्देश्यले बर्दिया जिल्लाको सदरमुकाम गुलरिया नगरपालिका लगायत अन्य दुई पालिकाका नौ विद्यालयलाई सामग्री सहयोग गरेको बाँके युनेस्कोले जनाएको छ । गुलरिया नगरपालिकाको वडा नम्बर १ मा रहेको त्रिशक्ति मावि कमलपुर त्यसैगरी वडा नम्बर ३ मा रहेको जानकी माध्यमिक विद्यालय र त्यसैगरी वडा नम्बर ११ मा रहेको गौरीशंकर माध्यमिक विद्यालयमा करिब १८ लाख ७५ हजार मूल्य बराबरको सामग्री सहयोग गरिएको र बाँकी बाँकी विद्यालयमा क्रमश वितरण गर्दै लैजाने बाँके युनेस्को क्लबका सशक्त बालिका परियोजना कार्यक्रमका कार्यक्रम संयोजक गोविन्दप्रसाद लामिछानेले बताए ।

गुलरिया नगरपालिकाका तीन विद्यालयलाई सामग्री हस्तान्तरण गर्ने कार्यक्रममा गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले गाउँ गाउँमा पनि विभिन्न किसिमका विज्ञान प्रयोगशालाहरु खुल्नुले विद्यार्थीको शैक्षिक क्षमतामा समेत प्रभाव पार्ने बताउनुभयो। उहाँले भन्नुभयो गाउँघरका विद्यालयहरूमा अहिलेसम्म विज्ञान प्रयोगशाला सञ्चालनमा आउन नसकेको बताउँदै उहाँले विज्ञान प्रयोगशाला सञ्चालन भएपछि विद्यार्थीको क्षमतामा समेत वृद्धि हुने बताउनुभयो।नगर प्रमुख यादवले बाँके युनेस्को क्लबलाई धन्यवाद समेत दिनुभयो। उहाँले शैक्षिक सामग्री हस्तान्तरणले तमाम बालबालिकाको शिक्षामा सुधार हुनेमा आफू ढुक्क रहेको समेत बताउनुभयो। त्यसैगरी कार्यक्रममा गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले विद्यालयहरूमा विज्ञान प्रयोगशाला सञ्चालनमा आएपछि शिक्षक र विद्यार्थी दुवैको क्षमता बढ्नेमा आफू विश्वस्त रहेको समेत बताउनुभयो ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्लान नेपालकी क्षेत्रीय कार्यक्रम संयोजक मिना पराजुलीले विद्यालयहरूमा दिइने विज्ञान प्रयोगशालाका सामग्रीले विद्यार्थीको गुणस्तरमा वृद्धि हुनेमा ध्यान दिनुपर्ने बताउनुभयो । बर्दिया जिल्लाका तीनवटा स्थानीय तहका नौवटा विद्यालयमा सामग्री हस्तान्तरण गरिएको छ। विज्ञान प्रयोगशालाको सामग्रीले गाउँघरमा रहेका विद्यार्थीले पनि अध्ययन गर्न पाउन भन्ने उद्देश्यका साथ सामग्री हस्तान्तरण गरिएको छ ।बाँके युनेस्को क्लबक्लबले सहयोग गरेको सामग्रीले शिक्षक र विद्यार्थी दुवैलाई सहयोग हुने समेत शिक्षा प्रमुख सतिश यादवले बताउनुभयो ।यादवले भन्नुभयो सामग्री प्राप्त गरिसकेपछि त्यसलाई सञ्चालन र कार्यान्वयनमा ल्याउन विद्यालयको दायित्व हो। सामग्री हस्तान्तरण कार्यक्रममा गुलरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रूपसिंह खत्रीले विज्ञान प्रविधिमा जोड दिनका लागि जुन किसिमको सामग्री सहयोग गरिएको छ यसले गाउँघरका विद्यालयमा समेत विज्ञान पढाइ हुने वातावरण सिर्जना हुने बताउनुभयो। उक्त कार्यक्रममा बाँकी युनिसको क्लबका विभिन्न पदाधिकारीहरू र विद्यालयका शिक्षक शिक्षिकाहरूसहित विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search