[the_ad id="16865"]

नगरपालिकाले गरेका कामहरूको जानकारी दिन मधुबन नगरपालिकाले गर्यो पत्रकार सम्मेलन

नगरपालिकाले गरेका कामहरूको जानकारी दिन मधुबन नगरपालिकाले गर्यो पत्रकार सम्मेलन
[the_ad id="16873"]

ज्योतिपन्थी
बर्दिया भदौ ५ । धुवन नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा गरेको सम्पूर्ण कामहरू सार्वजनिक गरेको छ। बुधबार नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गरेर नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा गरेको कामहरू सार्वजनिक गरेको हो।नगरपालिकाले आर्थिक वर्ष ८० /८१ मा १२१६० मिटर सडक ग्राभेल गरेको छ। मधुबन नगरपालिकाले ६,५७५ मिटर सडक गतवर्ष कालोपत्रे गरेको जनाएको छ। त्यसैगरी नगरपालिकाले विभिन्न सडकहरूमा गरी ३९३६.४४% घनमिटर माटोपटान गरेको समेत जनाएको छ। त्यसैगरी नगरपालिकाले ११ वटा कोठा भएको भवन निर्माण गरेको छ भने आठवटा कक्षा कोठा मर्मत गरेको समेत जानकारी गराएको छ।

मधुबन नगरपालिकाले बुधबार नगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा गत वर्ष मात्र ९ वटा मन्दिरका कोठाहरू मर्मत तथा निर्माण गरेको त्यसैगरी तीनवटा गुम्बा चर्च मर्म तथा निर्माण गरेको र ११ स्थानमा पालिकाले आवाजातका लागि सहज होस् भन्ने उद्देश्यका साथ कल्पट निर्माण गरेको समेत जनाएको छ ।त्यसैगरी नगरपालिकाले नगर क्षेत्रभित्र ३७५ मिटर नाला निर्माण गरेको मधुबन नगरपालिकाका प्रमुख प्रशासक अधिकृत मानबहादुर गिरीले बताउनु भयो । पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख तेजबहादुर भाटले नगरपालिकाले गरेका विभिन्न कामहरूको बारेमा सञ्चारकर्मीहरूलाई जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको समेत बताउनुभयो।

उहाँले नगरपालिकाले गरेको विकासमा स्थानीयलाई समेत सहभागी गराइएको र विभिन्न कामहरूमा स्थानीयले समेत चासो देखाएको बताउनुभयो। आर्थिक वर्ष २०८०८१ मा नगरपालिकाले नगर क्षेत्रभित्र विभिन्न किसिमका कामहरु गरेको उहाँले बताउनुभयो ।नगरपालिकाले पर्यटन कृषि स्वास्थ्य शिक्षा र पशुसेवातर्फ पनि धेरै कामहरु गरेको र ती कामहरूको बारेमा सञ्चारकर्मीहरुलाई जानकारी गराउनका लागि कार्यक्रमको आयोजना गरेको समेत बताउनुभयो । नगरपालिकामा आयोजना पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको उत्तर दिँदै नगरप्रमुख भाटले आगामी दिनमा सञ्चारकर्मीहरूले उठाएको प्रश्नका बारेमा समेत आफूले गम्भीर भएर सोच्ने बताउनुभयो। सकारात्मक सोचका साथ दिएको सुझावप्रति आफू गम्भीर भएको समेत बताउनुभयो। कार्यक्रममा नगरपालिकाकी उपप्रमुख अनिता चौधरीले न्यायिक समितिले सम्पादन गरेका कामहरूको बारेमा जानकारी गराउनुभएको थियो भने नगर प्रवक्ता मेकबहादुर गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search