[the_ad id="16865"]

खेलकुद परिषद् ६१ वर्षमा प्रवेश

खेलकुद परिषद् ६१ वर्षमा प्रवेश
[the_ad id="16873"]

काठमाण्डौ,२०८१ भदौ १४ गते । राष्ट्रिय खेलकुद परिषद्को ६१औं वार्षिक उत्सव मनाईएको छ । परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दीप प्रज्वलन गर्नु हुदै खेलकुदलाई नयाँ उचाईमा पु¥याउनु पर्ने चुनौती रहेको बताउनुभयो । सबै खेलकुद कर्मीहरुलाई शुभकामना दिनु हुदै सदस्य सचिव घिसिङले बार्षिक उत्सवको मूल समारोह केही दिन पछि हुने जानकारी दिनुभयो ।

पहिलो पटक खेलकुद ऐन जारी भएको दिन भदौं १३ गते परिषद्ले आफ्नो स्थापना दिवस मनाउदै आएको छ । मुल समारोह कार्यक्रममा खेलाडी, प्रशिक्षक, कर्मचारी तथा खेल संघ र सहयोगी सस्थाहरुलाई सम्मान गर्दै आएको छ । २०२१ भदौं १३ गते पहिलो खेलकुद ऐन जारी भएको थियो । २०१५ सालमा स्थापना भए पनि छुट्टै ऐन जारी भएको दिनलाई परिषद्ले स्थापना मान्दै आएको छ ।
खेलाडी विधाई
वल्र्ड सेपाताक्रो च्यापियनशिपमा सहभागी हुन जाने खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले विदाई गरेको छ । सोपाताक्रो एशोसिएसन थाईल्याण्डको आयोजनामा आईएसटीएएफ वल्ड सेपाताक्रो च्याम्पियनशिप तथा ३७ औ थाईकिङ कपमा सहभागी हुने १३ सदस्यि टोलीलाई परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विदाई गर्नुभएको हो ।
भदौं १६ गते देखि २३ गते(सेप्टेम्वर १ देखि ८, २०२४) सम्म हुने च्याम्पियनशिपमा टिम क्याप्टेनमा रोशन तामाङ, खेलाडीहरु दिपेशजंग थापा, पदम् बहादुर ठाडामगर, अलिन जर्गामगर, सुजन थिङ, उमेश बहादुर महतो, चन्द्र चौधरी र सुमित्रा डंगोल सहभागी हुदै छन् । यस्तै टीम नेशिर मास्के आईटीओ, जीतेन्द्र थापामगर टिम म्यानेजर, महेन्द्र राई र श्याम बहादुर श्रेष्ठ प्रशिक्षक तथा सोम माया थापा मगर रेफ्रीका रुपमा सहभागी हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search