बाल दिवसको अवसरमा नगरपालिका स्तरीय युवा क्लबले बढैयाताल र बाँके युनेस्को क्लबको स्थानीय सरकारको समन्वय र सहकार्यमा “मर्यादित महिनावारी हाम्रो दायित्व” विषयक बहस प्रतियोगिता आयोजना गरेको छ । ,नगरपालिका उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारी, शिक्षा एकता, वडा अध्यक्षहरु थिए । उक्त कम्पोटेशन कार्यक्रममा प्रथम स्थानमा वागवोती माविका विकास अधिकारी, दोस्रो स्थानमा ज्ञान ज्योति माविका खिमा गण्डर्व, तेस्रो स्थानमा सरस्वती माध्यमिक विद्यालयका निश्यल परियार र चौथो स्थानमा त्रिशला रेग्मी रहेका छन् ।
गौरीशंकर माविको बाल क्लबले बाँके युनेस्को क्लब, विद्यालयका शिक्षक तथा विद्यार्थीको सहकार्यमा खेलकुद तथा गणित रिले कम्पोटेशन आयोजना गरेको हो । प्रतियोगितामा प्रथम स्थान सुस्मिता लोनिया, दोस्रो स्थान बन्दना यादव र तेस्रो स्थान सीतल राधले प्राप्त गरिन् । GSS परियोजनाले विजेता विद्यार्थीहरूलाई शैक्षिक सामग्री उपलब्ध गराउन सहयोग गरेको थियो।
नेपाल राष्ट्रिय शम्भुशरण माविले आधारभूत तथा माध्यमिक तहका विद्यार्थीहरुको चित्रकला प्रतियोगिता आयोजना गरेको छ । बाँके युनेस्को क्लब जीएसएस परियोजनाले विजेता विद्यार्थीलाई शैक्षिक सहयोग प्रदान गरेको थियो ।