ज्योति पन्थी बर्दिया प्लान ईन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाको सााझेदारीमा कोईकाको आर्थिक सहयोगमा सञ्चालित किशोर किशोरी यौन तथा प्रजनन स्वास्थय अधिकार सम्बन्धि परियोजनाको सामाजिक परिक्षण कार्यक्रम बर्दियाको मधुवनमा सम्पन्न भएको छ । मधुवन नगरपालिकाको वडा नं. १ र २ मा सञ्चालित उक्त कार्यक्रम अन्र्तगत समुदाय बिद्यालय र स्वास्थय सस्थामा गरेको कामहरुको समाजिक परिक्षण गरिएको हो । राधाकृष्ण थारु जनसेवा केन्द्रले किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको क्षेत्रमा गरेका कामहरुको बारेमा समाजिक परिक्षण गरिएको हो । मधुवन नगरपालिकामा आयोजना गरिएको समाजिक परिक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा मधुवन नगरपालिकाका उप प्रमुख अनिता चौधरीले किशोरी किशोरीको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका बिषयमा राधाकृष्ण थारु जनसेवा केन्द्रले सकारात्मक काम गरि रहेको र किशोरी किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको क्षेत्रमा नयाँ आयाम थपेको बताउँनु भयो । सामाजिक परिक्षण कार्यक्रममा राधाकृष्ण थारु जनसेवा केन्द्रले बर्ष भरी गरेका समुदाय स्तरको कामहरुलाई समेटेर प्रतिवेदन तयार पारिएको थियो भने उक्त कार्यक्रमले समुदाय र अभिभावकमा सकारात्मक प्रभाव पारेको बिषय समेत उल्लेख गरिएको थियो ।
राधाकृष्ण थारु जनसेवा केन्द्रले सञ्चालन गरेको कार्यक्रमको एडभान्स टेर्निगं कन्सल्टेन्सीले समुदाय स्तरमा पुगेर त्यसको समाजिक परिक्षण सम्पन्न गरेको किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजनाका परियोजना संयोजक सुरज अर्यालले बताए ।
राधाकृष्ण थारु जनसेवा केन्द्रले बर्दियाको मधुवन नगरपालिका, गुलरिया नगरपालिका, बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकामा बिगत १ बर्ष देखि किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना सञ्चालन गेर्दै आई रहेको कार्यक्रमका कर्मचारी सुमित्रा पौडेलले बताईन । उक्त कार्यक्रममा मधुवन नगरपालिकाका उपप्रमुख, वडा नं. २ र ४ का वडा अध्यक्ष, शिक्षा,स्वास्थ्य, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, प्रशासन शाखा, योजना शाखा, भौतिक पुर्वाधार शाखा लगायत सुर्यपटुवा स्वास्थ्य चौकि र आधारभुत स्वास्थ्य केन्द्र पत्थरबोजी, महिला स्वास्थ्य स्वय्मसेविका, विद्यार्थी, सुर्य र सरस्वती आ.वि साथै बुबा समुहका प्रमुख तथा प्रतिनीधिको उपस्थिती रहेको थियो ।