[the_ad id="16865"]

ढाकाकुमारबारे भोलि निर्णय लिन्छौं : रवि लामिछाने

[the_ad id="16873"]

२८ चैत, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको बारेमा भोलि निर्णय लिने बताएका छन् ।

श्रेष्ठले व्यवसायी प्रसाईंसँग मन्त्री हुनका लागि दुई करोड माग गरेको अडियो आइतबार सार्वजनिक भएको थियो ।

त्यसपछि रास्वपाले ७२ घण्टाभित्र श्रेष्ठबारे निर्णय लिने जनाएको थियो ।

केन्द्रीय समितिको बैठक बोलाएर भोलि निर्णय गर्ने रास्वपा सभापति लामिछानेले बताए ।

चितवनमा भएको चुनावी सभामा उनले भने, ‘केन्द्रीय समितिको बैठकका लागि भोलि तयारी रहन मैले साथीहरुलाई भनिसकेको छु ।

तपाईंहरु चितवन आउनपर्ने पनि हुनसक्छ । म काठमाडौं पनि आउनपर्ने हुनसक्छ ।’

अडियोमा उल्लेख भएका व्यक्तिहरु आफू वरपरका भए पनि उनीहरुलाई कारबाही गरिने उनले प्रतिवद्धता व्यक्त गरे ।

अडियोमा मन्त्री बन्नका लागि रविको कोर टिमका सदस्यबाट रकम मागिएकाले आफूलाई सहयोग गर्न श्रेष्ठले प्रसाईंलाई आग्रह गरेका छन् ।

आफ्ना साथीहरुमा पूर्ण विश्वास रहेको उल्लेख गर्दै लामिछानेले उनीहरुको बैंक खाता चेक गर्ने समेत बताए । ‘

भ्रष्टचार विरुद्ध सहने वा ढाकछोप गर्दैनौं ।

हदभन्दा हदसम्मको कारबाही गर्नेछौं,’ लामिछानेले भने, ‘

अरु दलले पनि यस्तै गर्नसकुन् म आफैं तिनीहरुको प्रचारमा हिँड्छु ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगको बैठक बस्दैछ ।

बैठक ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने तय भएको छ ।

पार्टीबाट सांसद बनेका ढाका कुमार श्रेष्ठको अडियो प्रकरणबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

सांसद ढाका कुमारले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई निलम्बन गरी छानबिन गरिरहेको छ ।

सांसद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर आयोगले केन्द्रीय समितिलाई सिफारिस गर्नेछ

 

यसै सिफारिसका आधारमा उनीमाथि पार्टीले कारबाही गर्ने छ ।

ढाका कुमारले भने उक्त अडियो आफ्नो नभइ सम्पादन गरिएको दाबी गर्दै आएका छन् ।

उनीसँग सम्बन्धित दोस्रो अडियो पनि सार्वजनिक भइसकेको छ ।  उक्त अडियोमा पहिलो अडियोबारे अर्का व्यक्तिमार्फत उनले व्यवसायी दुर्गा प्रसाईंसँग कुरा गर्न खोजेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search