[the_ad id="16865"]

डा. खनालको कविता कृति ‘सन्देश’ बजारमा

[the_ad id="16873"]

डा. दामोदर खनालको कवितासंग्रह ‘सन्देश’ सार्वजनिक भएको छ। सन्देशमा ५२ वटा कविता समावेश छन्।

‘सन्देश’ कवितासंग्रहमा कवि डा. खनालले सामान्यभन्दा सामान्य मानिसले पनि सहजै बुझ्न सकिने भाषाशैली प्रयोग गरेर कविता लेखेका छन्। कतै गद्य शैली त कतै लोक काव्य शैलीमा आएका कविताहरूले मानव सभ्यता र नेपालका अन्य समाजमा मनाइने चाडबाडका विषय कवितामा आएका छन्।

त्यस्तै  राष्ट्रियता, राष्ट्रिय विभूति र राजनीति लगायतका विषयमा पनि कविता कृतिबाटै डा. खनालले आवाज उठाएका छन्।

कविता ५ खण्डमा विभाजित छन्। पहिलो खण्डमा धर्म, संस्कृति र चाडपर्व लगायत विषयमा लेखिएका १३ कविता समावेश छन्। डा. खनालले  सरल भाषामा लेखेका कविता पढेर पाठकले  गर्मी याममा नदीमा सललल बगिरहेको कञ्चन पानीमा  डुबुल्की मारेझैं महसुस गर्न सक्ने छन्।

संग्रहको दोस्रो खण्डमा अध्यात्म र विज्ञानका १९ कविता सङगृहीत छन्। यस खण्डको कविताहरूमा कवि  डा. खनालले मनको काव्य विश्लेषण गरेका छन्। मन आफैंमा विराट आकाश हो भन्ने भाव कविताबाटै पोखेका छन्। संग्रहको तेस्रो खण्डमा समावेश कविताहरू राष्ट्रप्रेमले ओतप्रोत छन्। चौथौ खण्डमा प्रकृति, कृषि तथा पशुपन्छी विषयमा लेखिएका ६ कविता समावेश छन्।

गीता खनालले प्रकाशन गरेकाे कविता कृतिको मूल्य ३ सय रुपैयाँ रहेको छ।

कर्मभूमि बेलायत बनाएका कवि डा. खनालका कवितामा भने नेपाल नै नेपाल पाइन्छ। लेखकको मन भने सधैं नेपालमै रहेको पाइन्छ। पाँचौंमा विविध विषयमा लेखिएका कविताले मानव जीवनका सवालहरू उदघाटन गरेका छन्।

युनिभर्सिटी अफ म्यानचेष्टरसहितका विभिन्न शैक्षिक संस्थामा अध्यापन गर्दै आएका डा. खनालका दर्जन बढी पुस्तक, जर्नल आर्टिकल र बुक च्याप्टर प्रकाशित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search