[the_ad id="16865"]

शाैचालयकाे पर्खाल भत्किदा घाईते बालिकाकाे मृत्यु

[the_ad id="16873"]

ज्याेति पन्थि
बर्दिया । बर्दियाको बढैयाताल गाउपालिकाकाे तिल्कानामा रहेकाे एक निजी विद्यालयमा भएकाे शौचालयको पर्खाल भत्किँदा पर्खालले च्यापिएर घाइते भएकी बालिकाको मृत्यु भएको छ।

जिल्लाको बढैयाताल गाउँपालिका-७ तिल्कानामा रहेको रिभर क्विन्स बोर्डिङ स्कूलकाे शौचालयको पर्खाल भत्किँदा घाइते भएकी ९ वर्षीया बालिका मेरिना थारूको मृत्यु भएको हो।

बढैयातालको फूलपुर निवासी उनको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो। बुधबार दिउँसो शाैचालयमा जादा शाैचालय भित्र रहेकाे दिवाल भत्किएपछि बालिकाको पेट तथा चिउँडोमा चोट लागेको थियो।

पर्खाल भत्कियर घाईते भएकि बालिकालाई माेटर साईकलमा राखेर बिध्यालय शिक्षकले २५ किलाेमिटर पर्ने बाँकेको नेपालगञ्जमा रहेकाे भेरी अस्पतालमा उपचार भई रहेका बेला बालिकाेकाे मृत्यु भयकाे बालिकाका ठुलाे बुवा वीर बहादुर चाैधरिले बताए । बालिकालाई घाईते भएकै अवश्थामा उपचारका लागि लग्दा समेत स्कुल प्रशासनले लापर्वाि गरेका कारण बालिकाकाे ज्यान गएकाे समेत चाैधरिले बताए ।

‘भौतिक पूर्वाधार अपर्याप्तता रहेको स्कूलहरूलाई अनुगमनका क्रममा भौतिक पूर्वाधार लगायतका कुराहरू सुधार्न पालिकाले पटक पटक सुझाव दिँदै आएका थियौ। घटनाले साह्रै दुःखी बनाएको छ।’ अब विद्यालयहरूलाई कडाईका साथ नियमन गर्ने उनको भनाइ छ। स्कूलले घटना गुपचुप राख्ने प्रयास गर्‍यो उनले भने ‘छरछिमेकीबाट अभिभावकले घटना थाहा पाएका थियौं। बालिकाको आन्द्रा तथा हिपको मांसपेसीहरु फुटेको थियो। तर पनि बिध्यालयले समयमा खवर नगरेकाे उनकाे भनाई छ । बालिकाकाे उपचारकै क्रममा निधन भयकाे अस्पताल प्रशासनले जनाएकाे छ । बिध्यालयले बालिकाकाे परिवारलाई उचित क्षतिपुर्ति नदिए सम्म शव नबुझ्ने बालिकाकाे परिवारजनकाे भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search