[the_ad id="16865"]

गाई बचाउन युवाको सक्रियता, चलाए गाई बचाउ अभियान

[the_ad id="16873"]

हरिवंश पाण्डे, बर्दिया
बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका स्थित ठाकुरबाबा मन्दिर परिसरमा रहेको गौशालामा रहेका गाईहरूको अवस्था दयनीय देखिएपछि स्थानीय युवाहरुको समूहले गाईको रक्षाका लागि गाई बचाउ अभियान नै चलाएका छन्।
स्थानीय ठाकुरद्वारा निवासी ३१ वर्षीय शिवम् आइसक्रिम, बेकरी तथा कफी सपका सञ्चालक रमेश थापाको अगुवाइमा यो अभियान चलाएको हो। मन्दिर परिसरमा छाडा गाईहरूको व्यवस्थापनका लागि संचालित गौशालामा करिब अहिले करिब पचास बढी गाईहरू रहेका छन्। पछिल्लो समय देश व्यापी रुपमा जनावरमा फैलिएको लम्पी स्किन रोगबाट गौशालामा रहेका गाई पनि अछुतो रहन सकेनन् र गाईको दयनीय अवस्था देखे पछि आफूहरु गाई बचाउ अभियानमा अघि बढेको थापा बताउछन्। उनीसँग उनलाई साथ दिन युवाहरुको संख्या थपिँदै गयो र अहिले सामूहिक रुपमा गाईको उचित व्यवस्थापनमा खटिने गरेको थापा बताउँछन्। सुरुवातमा गौशाला सरसफाई र बिरामी गाईहरूको चिकित्सको सहयोगमा औषिउपचर गरिएको र उनीहरुलाई आवश्यक खाद्यन्न औषधिको व्यवस्थापन गरिएको छ। अहिले यस क्षेत्रका स्थानीयहरूले युवाहरूको प्रशंसा गर्दै आफ्नो जन्मदिन जस्तो विशेष दिन पारेर गाईका लागी आवश्यक खाद्यान्न सहयोग गरेर मनाउने गरेका छन्। शनिबार जस्तो बिदाका दिनमा युवाहरु घास काटने पराल व्यवस्थापन गर्ने जस्ता कार्य गरेर गुड सटडे मनाउने गरेका छन्।  यसै क्रममा आजको शनिबार युवाहरुले हरियो घाँसको व्यवस्था गरेका छन्।
ठाकुरबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रुद्र खड्काले युवाहरुले निकै उदाहरणीय कार्य गरेको भन्दै उनीहरको प्रसंसा गरेका छन्। यो सेवा मात्र नभई धर्म पनि कमाएको खड्का बताउँछन्। सबैको हातेमालो र सहयोगले जटिल कार्य पनि सरल हुने भन्दै निस्वार्थ भावनाले युवाहरुले गरेको कार्यको उच्च मूल्याङ्कन गरेको बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search