[the_ad id="16865"]

नेकपाले न्यूरोडमा लगायो डोजर, यस्ता छन् ६ कारण

नेकपाले न्यूरोडमा लगायो डोजर, यस्ता छन् ६ कारण
[the_ad id="16873"]

२५ मंसिर

पोखरा । नेपाल कम्युनिस्ट पार्टीले यहाँस्थित न्यूरोडको एक विवादित जग्गामा डोजर लगाएको छ । स्थानीय हरिबहादुर थापाको जग्गा माफियाहरुले कब्जा गरेको भन्दै नेकपाको जनपरिषद्ले डोजर लगाएको हो ।

कास्कीको पर्यटकीयस्थल पोखराको मुटु मानिने न्यूरोडको कैलाश विकास बैंकको सामुन्ने रहेको कृष्ण थापाले आप्नो ९ रोपनी ३ आना किर्ते कागज गरेर कब्जा गरेको भन्दै पीडितलाई न्यायको लागि सबैलाई सहयोग गर्न नेकपाले कास्कीले अपील समेत गरेको छ । आफ्नो जग्गा फिर्ताको लागि प्रशासन र अदालतमा पटक पटक धाउदा पनि न्याय नभएको भन्दै थापाले जनपरिषद् कास्कीमा उजुरी दिएका थिए ।

थापाको उजुरीमा छानबिन गर्दा खोप्लाङ्गेले झुक्याएर थापाले सो जग्गा कब्जा गरेको भन्दै जनपरिषद्ले डोजर चलाएको थियो । कास्की जनपरिषद् प्रमुख रामकाजी गुरूङले अन्यायमा परेका थापाको जग्गा फिर्ता गर्न डोजर चलाएको बताए ।

जनपरिषद्ले यसअघि उक्त जग्गा बिक्री वितरण र भाडामा नदिन जनपरिषदले सार्वजनिक रुपमा अपिल गर्दै आइरहेको थियो । अपिललाई अटेर गरेर भूमाफिया र सुद्खोरहरुले भौतिक संचरना बनाउन शुरु गरेपछि डोजर चलाउन बाध्य भएको जनपरिषद्ले बताएको छ ।

उक्त जग्गामा डोजर लगाउनुका कारण यस्ता छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search