बर्दिया मङ्सिर ४ । बर्दियाको मधुबनमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी मेला सम्पन्न भएको छ। मधुबन नगरपालिका अन्तर्गत वडा नम्बर २ मा पर्ने शहीद आधारभूत विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न भएको हो। उक्त मेलामा समाजमा यौन तथा प्रजन स्वास्थ्यसँग सम्बन्धित रहेको मिथ्या भ्रमहरू चिरफार गर्नुका साथै बालविवाह सानै उमेरमा गर्भवती असुरक्षित गर्भपतन लागू पदार्थ दुर्वेसनी जस्ता समस्याहरुलाई सुन्यतातर्फ लैजानका लागि जनमानसमा जनचेतना जगाउने उद्देश्यले आयोजना गरेको थियो। स्वास्थ्य मेलाको उद्घाटन गर्दै मधुबन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले मेलाले सबैमा सकारात्मक सन्देश दिने र यौन तथा प्रजनन स्वास्थ्यका विषयमा बालबालिकाहरूले तयार गरेको सामग्री प्रदर्शनीले यौन तथा प्रजनन स्वास्थ्य शिक्षा दिने जिकिर गर्नुभयो। कार्यक्रममा महिला तथा बालबालिका प्रमुख इन्दिरा चुनाराले किशोर अवस्था भनेको अति नै संवेदनशील उमेरका शारीरिक मानसिक भावनात्मक यौनिक परिवर्तन हुने भएको हुँदा विशेष ध्यान दिनका लागि अभिभावक र शिक्षकहरुलाई अनुरोध गर्नुभएको थियो।
यौन तथा प्रजनन स्वास्थ्य मेलामा मधुबन नगरपालिकाकी उपप्रमुख अनिता चौधरी वडा नम्बर २ का वडाध्यक्ष आशाराम थारु महिला तथा बालबालिका शाखा प्रमुख राधाकृष्ण थारु जनसेवा केन्द्र का प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा बालबालिकाले निर्माण गरेका सामग्री सडक नाटक र विभिन्न सन्देशमूलक गीतहरू समेत प्रस्तुत गरिएको थियो।
कार्यक्रम कोइकाको आर्थिक सहयोगमा प्लान इन्टरनेसन नेपाल को समन्वयमा राधाकृष्ण थारु जनसेवा केन्द्रले सञ्चालन गरेको किशोर किशोरीको सहयोगमा सञ्चालन गरिएको थियो।








