[the_ad id="16865"]

रासायनिक मलको जोहो गर्दे सकियो कृषकको तिहार

रासायनिक मलको जोहो गर्दे सकियो कृषकको तिहार
[the_ad id="16873"]

बर्दिया कात्तिक २० गते । विगतका वर्षहरूमा भन्दा यस वर्ष एक महिना अघि नै तिहार भित्रिए पछि बर्दियाका कृषकलाई तिहारले छुन सकेन । कृषि पेसामा लागेका कृषकहरू तिहारको रमझम भन्दा पनि खेतबारीमा चाहिने रासायनिक मलको जोहो गर्न मानै व्यस्त बने ।
विगतका वर्षमा भन्दा तिहार छिटो भित्रिए पछि दसैँ सकिए लगत्तै धान काट्न व्यस्त भएका कृषकलाई धान काटी सके पछि खेतमा तोरी र गहुँ छर्नका लागी भ्याई नभ्याई भएका समयमा समयमा भित्रिएको तिहारले कृषकहरू तिहार भन्दा पनि खेतबारी मानै व्यस्त बने । कृषकलाई सधैँ भरी समस्या रहने रासायनिक मलको जोहो गर्न नै भ्याई नभ्याई रह्यो ।      

सवैका घरमा तिहार भित्रँदा कृषकहरू मलको जोहो गर्न लाग्नु परेका कारण तिहारले छन नसकेको कृषकहरूको भनाई छ । गुलरिया नगरपालिका वडा नं.७ चौगुर्र्जी गाउँका कृषक प्रवेश यादवले तिहारको रमझम भन्दा पनि आफूहरूलाई रासायनिक मलको अभावले तिहारको समयमा कुनै उत्साह नभएको बताउनु भयो । बर्दिया जिल्लाको ८ वटा स्थानीय तहमा कृषकहरू सहकारीमा रासायनिक मलको प्रतीक्षामा बसेको देखिन्छ ।

गेरुवा गाउँपालिका स्थित शान्ति बजारमा रहेको शिशिर साना किसान सहकारी संस्था लिमिटेडले तिहारको पूर्व सन्ध्यामा कृषकहरूलाई रासायनिक मल डिए पी वितरण गर्ने सूचना जारी गरे पछि रात भरी कृषकहरू लाइन बसेका थिए ।
गेरुवा गाउँपालिका वडा नं.३ लोहारपुरका सालिकराम चौधरीले साना किसान सहकारीले डी ए पी वितरण गर्ने सूचना जारी गरे पछि आफूहरू तिहारको समयमा पनि लाइनमा बसेर मल खोज्न लागेकाले तिहारको रौनक कृषकको घरमा नपुगेको बताउनु भयो ।

त्यसै गरी गेरुवा गाउँपालिका वडा नं.२ का समसेर चौधरीले कृषकलाई के विजया दशमी के तिहार आवश्यक पर्ने रासायनिक मल नभएका कारण मल खोज्न मानै दिन बिताउनु परेको बताउनु भयो । गेरुवा गाउँपालिकाको शान्ति बजारमा रहेको शिशिर साना किसान कृर्षि सहकारी संस्था लिमिटेडका कार्यालय सहायक नरेश चौधरीले सहकारीलाई प्रत्येक वर्ष ४२ सय बोरा युरिया मल र ४२ सय बोर डिए पी आवश्यक पर्ने भए पनि कृषि सामग्री संस्थानले भने मागको ४० प्रतिशत मात्र रासायनिक मल उपलब्ध गराउने गरेको बताउनु भयो ।

विजया दशमीको समयमा मौसम परिवर्तन भएर बर्सात हुँदा चिन्तित भएका कृषकहरूले जसो त्यसो धान काटे पछि तोरी र गहुँ लगाएको भए पनि अहिले मल नपाउँदा कृषकहरू समस्यामा परेका छन । चाडपर्वको मुखमा मलको जोहो गर्न नसक्दा कृषकहरूलाई चाडपर्व भित्रिएको महशुषनै नभएको कृषकहरूको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search