[the_ad id="16865"]

जङ्गली हात्तीको त्रासमा कृषक

जङ्गली हात्तीको त्रासमा कृषक
[the_ad id="16873"]

बर्दिया कात्तिक १९ गते । बर्दियाको राजापुर नगरपालिका वडा नं.४ घुम्ना गाउँका कृषकहरु हात्तीले धान खान थाले पछि रातभर जागाराम बस्न बाध्य भएका छन् ।
नेपाल भारत सीमा क्षेत्रमा पर्ने घुम् ना गाउँमा भारतको कर्तनिया वन्यजन्तु आरक्षबाट आउने जङ्गली हात्तीले कृषकहरूले लगाएको धान बाली खाई दिन थाले पछि अहिले कृषकहरू रात भरी जागाराम बस्न बाध्य भएका हुन ।
घुम्ना गाउँ भारतको सीमा क्षेत्र नजिकै पर्दछ भने रातिको समयमा नेपाल भित्रने जङ्गली हात्तीले कृषकले लगाएको अन्नबाली खाइदिने किचेर नोक्सान गराई दिन थाले पछि कृषकहरू जङ्गली हात्ती धपाउनका लागी रात भरी बस्ने गरेका छन् । राजापुर नगरपालिका वडा नं. ४ घुम् ना का बड घर रगि लाल थारुले भारतबाट आउने जङ्गली हात्तीले कृषकको धान बाली खाई दिन र नोक्सान गर्न थाले पछि आफूहरूले रातिको समयमा हात्ती धपाउनका लागी जागाराम बस्न बाध्य भएको बताउनु भयो ।

धान लगाउने समयमा रासायनिक मलको अभाव झेल्नु परेको कृषकहरूले जसोतसो धान लगाए पनि भित्राउने बेलामा बर्सातले क्षति पु¥याएको र बर्सात कम हुना साथ अहिले जङ्गली हात्तीले कृषकहरूलाई दुख् दिन थालेको छ । स्थानीय कृषक सागर परियारले धान बालीमा हात्ती पस्न थाले पछि हात्तीको बथान नै खतमा आउने गरेको छ । उहाँले कहिले काहीँ त खेत भरी नै हात्ती मात्र देखिनछन् ।

जङ्गली हात्ती समूह बनाएर खेतमा पस्ने गरेका छन् । खेतमा पसेका हात्ती खेतबाट धपाउन समेत कृषकहरूलाई हैरानी हुने गरेको छ । राजापुर नगरपालिका वडा नं.४ का वडा अध्यक्ष विदुर पोख्रेलले हात्ती रातिको समयमा घुम् ना र छेदियामा खेतमा आउने र उज्यालो हुने बेला पुन जङ्गल तर्फ फर्कने गरेका कारण जोखिम कायमै रहेको बताउनु भयो ।
बर्दियाको नेपाल भारत सीमा क्षेत्रमा पर्ने मधु वन नगरपालिकाको थनौरा र राजापुर क्षेत्रमा बर्सेनि भारतीय वन्यजन्तु अराक्षबाट आउने हात्तीले धान लगायतको खेतीमा नोक्सानी पु¥याउने गरेको छ भने बर्सेनि मानिसहरूको घरमा राखेको अन्नबाली खाइदिने र घरहरूमा समेत क्षति पु¥याउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search