बर्दिया मङ्सिर १० गते । धाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल नेपालको समन्वय र कोइकाको आर्थिक सहयोगमा गुलरिया नगरपालिकामा सञ्चालित किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना दोस्रो वर्षको कार्यक्रमको वार्षिक समीक्षा गुलरिया मा सम्पन्न भएको छ ।
गुलरिया नगरपालिकाभित्रका स्वास्थ्य संस्था विद्यालय र समुदाय स्तरमा गरी तीन तहमा सञ्चालन भएको उक्त कार्यक्रमको वार्षिक समीक्षा गरिएको हो। कार्यक्रममा परियोजना संयोजक सुरज अर्यालले एक वर्षभित्र संस्थाले गरेका किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणाका लागि राधाकृष्ण थारु जनसेवा केन्द्रले गुलेरिया नगरपालिकासँग सहकार्य गर्दै आएको विषयमा जानकारी गराउनुभएको थियो। कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले राधाकृष्ण थारुले सञ्चालन गरेको कार्यक्रमले स्वास्थ्य क्षेत्र तथा विद्यालयमा निकै सहजता भएको बताउँदै र सरकारको कार्ययोजनालाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। कार्यक्रममा गुलरिया नगरपालिका वडा नम्बर ६ वा वडाध्यक्ष सुधान्छु प्रकाश शर्मा वडा नम्बर सातका वडाध्यक्ष मनोज कुमार यादव प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह शिक्षा शाखा प्रमुख सतिश यादव सहित विभिन्न विद्यालयका प्र अ कार्यपालिका सदस्य को समेत उपस्थिति रहेको थियो। राधाकृष्ण थारु जनसेवा केन्द्रले कोइकाको आर्थिक सहयोगमा बर्दिया जिल्ला को २१ वटा आधारभूत विद्यालय र १९ वटा स्वास्थ्य संस्थामा सञ्चालन गर्दै आएको छ। बर्दिया जिल्लाको गुलरिया नगरपालिकासहित मधुबन नगरपालिका बारबर्दिया नगरपालिका ठाकुर बाबा नगरपालिका र गेरुवा गाउँपालिकामा राधाकृष्ण थारु जनसेवा केन्द्रले किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम गर्दै आएको छ।









