[the_ad id="16865"]

कोरोनाबाट थप ११ जनाको मृत्यु, ८८५ जनामा संक्रमण पुष्टि

कोरोनाबाट थप ११ जनाको मृत्यु, ८८५ जनामा संक्रमण पुष्टि
[the_ad id="16873"]

[faeture_url]
काठमाडौं । कोराना भाइरसबाट थप ११ जनाको मृत्यु भएको छ । भने ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु र ८८५ जनामा संक्रमण पुष्टि भएको जनाकारी दिए । यससँगै देशभर मृत्यु हुनेको संख्या १७५ पुगको छ, भने संक्रमितको हुने कुल संख्या ३४ हजार ४१८ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार २ महिला र ९ जना पुरुष गरी ११ जनाको मृत्यु भएको हो । मोरङमा ४६ र भक्तपुरमा ५३ वर्षीया महिलाको मृत्यु भएको छ । यस्तै कैलालीमा ४५ र ५० वर्षीय पुरुष, मोहत्तरीमा ६०, ७२ र ७५ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै बाँकेमा ३७ वर्षीय पुरुष, काठमाडौंमा ५१ वर्षीय पुरुष र बारामा ४१ र ४६ वर्षीय पुुरुषको मृत्यु भएको छ ।
उनका अनुसार देशभरी १४ हजार ७ सय ९९ जना सक्रिय संक्रमित रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार २ सय ६२, प्रदेश नम्बर २ मा १ हजार ८ सय ८१, बागमती प्रदेशमा ३ हजार ३९ र गण्डकी प्रदेशमा ३ सय ८७ जना, प्रदेश नम्बर ५ मा ७ सय ९४, कणर्ाली प्रदेशमा ३ सय ५४ र सुदूरपश्चिम प्रदेशमा ९ सय ९४  रहेका छन् । आज १ सय ५१ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । यस्तै भेन्टिलेटरमा १४ जना उपचाररत रहेका छन ।
प्रवक्ताका अनुसार पछिल्लो २४ घण्टामा ३८५ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको कुल संख्या १९ हजार ५०४ पुगेको छ । जसमा प्रदेश नम्बर १ मा १ हजार ३ सय ५६, प्रदेश नम्बर २ मा ४ हजार ३ सय १५, बागमती प्रदेशमा ९ सय १९ र गण्डकी प्रदेशमा १ हजार ६ सय ५२ जना संक्रमित निको भएर घर फर्किएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ६ सय ५१, कणर्ाली प्रदेशमा २ हजार १७ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५ सय ९४ गरी आजसम्म १९ हजार ५ सय ४ जना डिस्चार्ज भएका छन् ।

यस्तै होम आइसोलेसनमा ६ हजार २८ जना रहेका छन् । जसमा प्रदेश नम्बर १ मा ३ सय २२, प्रदेश नम्बर २ मा ३ हजार ६ सय ७५, बागमती प्रदेशमा १ हजार ४ सय ९९ र गण्डकी प्रदेशमा १८ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ सय ५४, कणर्ाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा ३३ जना रहेका छन् ।
क्वारेन्टिनमा ९ हजार ८ सय ३२ जना रहेका छन् । प्रदेश नम्बर १ मा ८ सय ५६, प्रदेश नम्बर २ मा ९ सय ६८, बागमती प्रदेशमा ७ सय ६६, गण्डकी प्रदेशमा २ हजार ३ सय ४३, प्रदेश नम्बर ५ मा १ हजार १ सय ९९, कणर्ाली प्रदेशमा ५ सय १४ र सुदूरपश्चिम प्रदेशमा ३ हजार १ सय ८६ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १३ हजार २९३ जनाको पीसीआर परीक्षण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search