[the_ad id="16865"]

जमैका ३६ रनले पराजित

जमैका ३६ रनले पराजित
[the_ad id="16873"]

एजेन्सी – ब्याट्सम्यानहरुले अपेक्षित प्रदर्शन गर्न नसक्दा जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा तेस्रो हार बेहोरेको छ । प्रतियोगिताको पाँचौ खेलमा जमैकाले बार्बाडोससँग ३६ रनको हार बेहोरेको हो ।

बिहीबार जितका लागि १ सय ४९ रनको लक्ष्य पछ्याएको जमैकाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रनमात्र जोड्न सक्यो ।

क्रुमा बोनरले ३१ रन र जर्मेन ब्लाकवुडले २८ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । बार्बाडोसका स्पिनरहरु राशिद खान र मिचेल सान्टनरले २-२ तथा हेडन वाल्सले १ विकेट लिए । जेसन होल्डर र रेमन राइफरले २-२ विकेट बाँडे ।

जमैकाले सातौं ओभरमा नै ४ विकेट गुमाउँदा मात्र २७ रन जोड्न सकेको थियो । ओपनर ग्लेन फिलिप्स पहिलो ओभरमै मिचेल सान्टनरको बलमा शून्यमा बोल्ड हुँदा अर्का ओपनर चाडविक वाल्टन १० रन जोड्दै कट बिहाइन्ड भए । कप्तान होल्डरले दोस्रो ओभरमा वाल्टन र पाँचौ ओभरमा विपक्षी कप्तान रोभमान पावेललाई विकेटकिपर शाइहोपबाट क्याच गराएका थिए ।

आसिफ अली २ रन जोड्दै हेडन वाल्स जुनियरको बलमा क्याच आउट भए । कार्लोस ब्रेथवेटले रशिद खानको एलबीडब्लु धरापमा पर्नुअघि १ रन मात्र जोडे । जर्मेन ब्लाकवुडले २८ बलमा १ चौका र २ छक्कासहित २८ रनको योगदान दिए । उनी सान्टनरको बलमा कप्तान होल्डरबाट क्याचआउट भएका थिए ।

बोनरले २८ बलमा ३१ रन जोडे । ३ चौका र १ छक्का र्पहार गरेका बोनर रशिद खानको बलमा ठूलो सट खेल्ने धुनमा क्याच आउट भए । मुजिबले तल्लोक्रममा १० बलको सामना गर्दै १ चौका र २ छक्कासहित १८ रन जोडे । उनी रेमन राइफरको बलमा रिभर्स सट खेल्ने धुनमा एलबीडब्लु आउट भए । सन्दीप ४ रन र एडवार्ड्स २ रनमा नटआउट रहे ।

टस जितेर पहिलो फिल्डिङ रोजेको जमैकाका स्पिनरद्वय सन्दीप लामिछाने र मुजिब उर रहमानको उत्कृष्ट प्रदर्शन भने कायम रहयो । तर तीव्र गतिका बलरले सोहि अनुसार साथ दिन नसक्दा बार्बाडोसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४८ रन जोड्यो ।

बार्बाडोसका लागि काइल मेयर्सले सर्वाधिक ८५ रनको योगदान दिएका थिए । उनले ५९ बलमा ३ चौका र ८ छक्का प्रहार गरे । उनले कार्लोस ब्रेथवेटले फ्याँकेको १८ औं ओभरमा ४ छक्कासहित २९ रन जोड्दै खेलको अवस्था नै परिवर्तन गरेका थिए । मेयर्स र होल्डरले तेस्रो विकेटका लागि ६३ रनको साझेदारी गर्दै बलियो स्कोरतर्फ टोलीलाई बढाएका थिए ।

कप्तान होल्डरले १४ बलमा १५ रन जोड्ने क्रममा १ छक्का प्रहार गरे । मिचेल सान्टनर २० रनमा नटआउट रहे । उनले १९ बलको सामना गर्दै २ चौका प्रहार गरे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मुजिब उर् रहमानले ४ ओभरमा मात्र १४ रन खर्चेर ३ विकेट लिए । उनले ओपनरद्वय जोन्सन चार्ल्स (३) र शाइ होप (८) तथा अलराउन्डर कोरी एन्डरसन (१) लाई पेभेलियन फर्काएका थिए । सन्दीपले पनि ४ ओभरमा मात्र १६ रन दिँदै २ विकेट लिए । सन्दीपले राशिद खानलाई मुजिबको हातबाट शून्यमा क्याच आउट तथा एशले नर्सलाई २ रनको अवस्थामा बोल्ड गरेका थिए ।

जमैकाका फिडेल एडवार्ड्स र कार्लोस ब्रेथवेटले १-१ विकेट लिए । ब्रेथवेटले एकै ओभरमा २९ रनसहित समग्रमा ३ ओभरमा ४५ रन खर्चिए । रोभमान पावेल र विरसामी पर्मल विकेटविहिन रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search