[the_ad id="16865"]

एक हप्ता देखि बाँसगढीम खानेपानी आपूर्ति बन्द, अझै दुई दिनसम्म लाग्न सक्ने खानेपानीका अध्यक्ष लोहारी थारुको भनाई

एक हप्ता देखि बाँसगढीम खानेपानी आपूर्ति बन्द, अझै दुई दिनसम्म लाग्न सक्ने खानेपानीका अध्यक्ष लोहारी थारुको भनाई
[the_ad id="16873"]

चैत १९ गते
बासँगढी नगरपालिकाको विभिन्न ठाउँमा सडक विस्तार तथा स्तरोन्नतीको क्रममा खानेपानी आपूर्ति बन्द भएको छ । एक हप्तादेखि खानेपानी आपूर्ति बन्द रहेको खानेपानी अझै सञ्चालनमा आउन दुई दिनसम्म समय लाग्ने बाँसगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष लोहारी थारुले जानकारी दिनुभयो । बासँगढी नगरपालिका वडा नम्बर ५ मा निर्मित बासँगढी खानेपानी आयोजना २०६३ सालदेखि आपूर्ति हुदै आएको खानेपानीबाट अहिले राजमार्गको दक्षिण पटि खनाल चोकदेखि नगर अस्पताल सम्मका उपभोक्ताहरु बञ्चित हुन पुगेका छन ।

सडक विस्तार र स्तरोन्नतीको क्रममा सडक किनारामा पहिले जडान गरिएको खानेपानीको पाइप काटिएकोले अहिले धेरै परिवार खानेपानीबाट बञ्चित हुन पुगेका हुन । बासँगढी खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष लोहारी थारुका अनुसार अझै दुई दिन खानेपानी आपूर्तिमा समस्या हुने बताउनुभयो ।

कतिपय ठाउँमा खानेपानी पाईप मर्मत गरि पानी संन्चालन भएको छ । सडक विस्तार भएका कारण पाइप निकाल्नु परेकोले र पुराना संरचाना नया फेर्नु पर्ने भएकोले काममा ढिला भएको खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष थारुले बताउनु भयो । उहाँले नयाँ पाइप बिछ्याउनु पर्ने भएकोले सकेसम्म छिटै खानेपानी आपूर्ति गर्ने प्रयास भैरहेको बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search