[the_ad id="16865"]

‘रेशम चौधरी बर्दिया निर्वाचन न. २ बाट उम्मेदवारी दिने पक्का’

‘रेशम चौधरी बर्दिया निर्वाचन न. २ बाट उम्मेदवारी दिने पक्का’
[the_ad id="16873"]

 टिकापुर घटनामा डिल्ली बजार कारागारमा जेल रहेका रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया निर्वाचन न. २ बाट संघीय सांसदमा उम्मेदवारी दिने पक्का भएको छ ।

पार्टीका नेता सुरेन्द्र चौधरीले टिकापुर घटना राजनीतिक मुद्दा रहेकोले रेशमलाई उम्मेदवारी हुनबाट कानुनले नरोक्ने दाबी गर्दै संघीय सांसदमा उठ्ने पक्का भएको बताएका छन् ।

यसअघि वार्टीका केन्द्रीय अध्यक्ष तथा रेशम पत्नी रन्जिता श्रेष्ठ चौधरीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीबाट रेशम चौधरी पनि उम्मेदवार बन्ने बताएकी थिइन् ।

हाल जेलमा रहेका चौधरीले कानुन व्यवसायीसँग यसबारे छलफल गरेको र उम्मेदवार बन्न कानुनी अड्चन नरहेको भन्ने निष्कर्ष निकालिएको नेता सुरेन्द्रको भनाई छ । रेशम उम्मेदवार बन्न लागेपछि नागरिक उन्मुक्ति पार्टीले उक्त क्षेत्रमा आक्रमक ढंगले पार्टीको संगठन विस्तारको काम पनि गरिरहेको छ । बर्दिया निर्वाचन क्षेत्र न. २ मा नागरिक उन्मुक्ति पार्टीको हरेक दिन कार्यक्रम भेला तथा छलफल हुने गरेको छ ।

पार्टीले बर्दिया–२ मा एक घर, एक कार्यकर्ता पार्टी प्रवेश अभियान चलाएको छ । २०७४ सालको निर्वाचनमा रेशम निर्वाचित भएको कैलाली–१ मा भने अध्यक्ष श्रेष्ठ उम्मेदवार हुने भएकी छन् । अघिल्लो निर्वाचनमा आफ्नो पति निर्वाचित भएको क्षेत्रमा अहिले आफूले उम्मेदवारी दिने तयारी गरिरहेकी छन् ।
रेशमलगायत टीकापुर घटनाको मुद्दा सर्बोच्च अदालतमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search