[the_ad id="16865"]

लुम्बिनि प्रदेश स्वास्थ्य निर्देशनालय भालुबाङमा स्थापना

लुम्बिनि प्रदेश स्वास्थ्य निर्देशनालय भालुबाङमा स्थापना
[the_ad id="16873"]

लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा प्रदेश स्वास्थ्य निर्देशनालय स्थापना भएको छ।  राप्ती गाउँपालिका–१ को कार्यालयमा स्वास्थ्य निर्देशनालय स्थापना गरिएको हो। वडा कार्यालयलाई अन्य भवनमा सारेर स्वास्थ्य निर्देशनालयको सेवा सुरु गरिएको हो।

Nic-asia

निर्देशनालयको उद्घाटन गर्दै स्वास्थ्य, जनासंख्या तथा मानवकल्याण मन्त्री इन्द्रजित थारुले गरेका थिए। जनस्तरबाट प्रदेशका संरचना स्थापना र कार्य सञ्चालन गर्न सहयोग आवश्यक पर्ने बताए। ‘स्थायी राजधानी कार्यान्वयनको चरणमा छौं। अन्य कार्यालयहरु पनि आउछन्’ उनले भने, ‘प्रदेश राजधानी कार्यान्वयन हाम्रो पहिलो प्राथमिकतामा छ। त्यही भएर यसमा हामीले बढी नै ध्यान दिएका छौं।’

यसअघि सिसहनियामा स्वास्थ्य मन्त्रालय स्थापना गरिएको थियो। मन्त्रालय र निर्देशनालय मिलेर प्रदेशभरि स्वास्थ्य सेवा प्रवाहको काम गरिने स्वास्थ्य सचिव विकास देवकोटाले जानकारी दिए।

‘मन्त्रालय स्थापना गर्न पनि निकै साथ सहयोग मिल्यो। अहिले निर्देशनालयको काममा पनि समुदायस्तरबाट प्राप्त भएको सहयोग ठूलो रह्यो’ उनले भने, ‘सरकारले राजधानी कार्यान्वयनलाई ध्यान दिँदै मन्त्रालय र विषयगत कार्यालयहरु स्थानान्तरण गर्ने कम भइरहेको हो।’

मुख्यमन्त्री तथा मन्त्रपिरिषदको कार्यालय र अन्य मन्त्रालयहरु पनि बुटवलमा भएकाले स्वास्थ्यमन्त्रालय केही समय सुनसान जस्तै बन्यो। पछि मन्त्री र सचिवहरु मन्त्रालयमा बस्न थालेपछि अहिले सिसहनियाबाटै मन्त्रालयको कामकाज भइरहेको छ।

भवनमा निर्देशनालय स्थापना गरे पछाडि वडा नं. १ को कार्यालय भने भाडाको घरमा सारिएको वडा अध्यक्ष गेमबहादुर खड्काले जानकारी दिए।

‘राजधानी कार्यान्वयनमा हाम्रो पनि दायित्व हो। त्यही भएर हामी बसेको कार्यालय स्वास्थ्य निर्देशनालयलाई दिएका हौं’ खड्काले भने, ‘राजधानीसँग जोडिएका मन्त्रालय र अन्य कार्यालयहरुलाई स्वागत र व्यवस्थापनमा जुट्न हामी तयार छौं।’

स्वास्थ्य मन्त्रालय राप्ती गाउँपालिका वडा नं. ५ को कार्यालय भवनमा छ। वडा कार्यालयलाई नजिककै भाडाको घरमा सारिएको छ। ‘मन्त्रालयको आफ्नै भवन नबन्दा सम्म हामी भाडाको घरमा बस्न तयार छौं’ वडा अध्यक्ष देवप्रसाद चौधरीले भने, ‘प्रदेशको राजधानी कार्यान्वयनमा ढिलाइ हुनु भएन भन्ने हाम्रो मान्यता हो।’

शुरुमा पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्रालय स्थापना भएको थियो। राप्ती प्राविधिक शिक्षालयको भवनमा मन्त्रालय स्थापना भएको हो।

मुख्यमन्त्री कार्यालय नसर्दासम्म राजधानी भालुवाङमा सारिएका मन्त्रालयहरु कमविहीन जस्तै भएका छन्। आर्थिक कारोबारको लागि बुटवल जानुपर्ने बाध्यता उस्तै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search