[the_ad id="16865"]

निर्वाचनमा देशको भाग्य र भविष्य जोडिएको छ : शंकर पोखरेल

निर्वाचनमा देशको भाग्य र भविष्य जोडिएको छ : शंकर पोखरेल
[the_ad id="16873"]

 नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन देशको भाग्य र भविष्यसँग जोडिएको बताएका छन् ।
एमाले बाँकेले सञ्चालन गर्ने दुई महिने निर्वाचन अभियानको सोमबार नेपालगन्जमा शुभारम्भ गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले भने, ‘आगामी निर्वाचन कुनै एक व्यक्तिको हार र जित भन्दा पनि देशको भाग्य र भविष्यसँग जोडिएको छ । देश बनाउने सामर्थ्य र सङ्कल्प एमालेसँग मात्रै छ ।’
उनले निर्वाचनको एजेण्डाको रुपमा एमाले नेतृत्वको सरकारले गरेका कामहरू जनता माझ लिएर जान पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्दै विकास र समृद्धिको काम गर्ने एमालेलाई जनताले पक्कै अवसर दिने दाबी पनि गरे । एमाले नेतृत्वको सरकारले विकास निर्माणमा तराई–मधेसलाई उच्च प्राथमिकता दिएको बताउँदै उनले देशको रणनीतिक पूर्वाधारको क्षेत्रमा क्रान्ति नै भएको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search