[the_ad id="16865"]

सामाजिक कार्यमा सक्रिय डाफे दलित महिला समुह

[the_ad id="16873"]

बर्दिया पुस १५ ।

बर्दियाकाे बढैयाताल गाउपालिका ८ स्थित डाफे दलित महिला समुहले समुहको काम गर्दै घरेलु हिसा, महिला हिंसा र जातिय बिभेद बिरूद्वकाे चेतना मुलक काम समेत गर्दै आयकाे छ ।

१९ जना महिलाहरू मिलेर मासिक एक सय रूपैया संकलन गर्ने गरि २०७० सालमा उक्त समूह स्थानिय महिलाहरूले शुरू गरेका थिए। १९ जना महिलाहरूले शुरू गरेकाे महिला समुहमा मासिक एक सय रूपैया सामुहिक बचत संगै उक्त समुहले गाउँ घरमा हुने गरेका घरेलु हिंसा र जातिय भेदभाव बिरूद्वकाे चेतना जगाउने काम समेत गरेका छन ।

बर्दियाकाे सितलाबजारमा रहेकाे उक्त समुहले सामाजिक काम समेत गरे पछि अहिले सर्वत्र चर्चाकाे बिषय बनेकाे छ । हामिले समाजमा हुने षसगरेका घटनाहरू नहाेस भन्ने उदेश्यले समूह संगै घरेलु हिंसा र जातिय विभेद बिरूद्व समेत काम गरि रहेकाे समुहकि अध्यक्ष शान्ति नेपालीले बताउनु भयाे ।

डाफे दलित महिला समुहले बर्दियामा लामाे समय देखि सक्रिय रहेकाे दलित महिला संघ बर्दियाले समेत सहयाेग गर्दै आयकाे छ । महिलाहरूकाे जिविकाेपार्जन संगै दलित महिला संघ बर्दियाले

चेतनामुलक कार्यक्रम सहित सहयाेग गर्दै आयकाे संघ कि अध्यक्ष हिमा सुनारले बताउनु भयाे । दलित महिला संघले बिगत दुई दशक देखि बढैयाताल गाउपालिका र गुलरिया नगरपालिकाकाे विभिन्न स्थानमा काम समेत गर्दै आई रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search