[the_ad id="16865"]

वन्यजन्तु संरक्षणको लागि डिभिजन वन कार्यालय, बर्दियाको अनुरोध

[the_ad id="16873"]

वन्यजन्तु संरक्षणको लागि डिभिजन वन कार्यालय, बर्दियाले आम जनता सामु हार्दिक अनुरोध गरेको छ!

वन्यजन्तुको हिसावले बर्दिया एक महत्वपुर्ण जिल्ला हो । जंगली हात्ती, पाटेबाघ, गैडा, सुन गोहोरो, डल्फिन, र कृष्णसार जस्ता विश्व मै दुर्लभ, पारिस्थिकिय प्रणालीको हिसावले औधी महत्वपुर्ण, र कानुनतः संरक्षीत वन्यजन्तुहरु यस जिल्लाको गहनाको रुपमा रहेका छन् ।

यी र यस्ता वन्यजन्तुहरुको संरक्षण गर्नु हामी सवैको जिम्मेवारी र कर्तव्य हो । यसैले,

१. वन्यजन्तुको वासस्थानको प्रवर्धन गर्न सामुदायिक वनहरुमा रैथाने प्रजातीको विरुवाहरु मात्र वृक्षारोपण गरौं ।

२. सामुदायिक वन क्षेत्रहरुमा वन्यजन्तुकोलागि घाँसे मैदान तथा पानीको श्रोतहरुको व्यवस्थापन गरौं ।

३. वन्यजन्तुको शिकार गर्नु र तिनका अंगहरुको व्यापारमा सामेल हुनु कानुनत अपराध हो । कुनै पनि प्रलोभनमा नपरी यस्ता अपराधमा सामेल नहोऔं ।

४. जवसम्म वन्यजन्तुले मानिसवाट खतरा महसुस गर्दैन तव सम्म मानिसलाई आक्रमण गर्दैन । यसैले वन्यजन्तुको आक्रमणवाट वच्न वन्यजन्तुहरुलाई नचलाऔ, नजिस्क्याऔ ।

५. वन्यजन्तु अपराध सम्वन्धि कुनै सुचना भए नजिकको वन कार्यालय वा सूरक्षा निकायमा जानकारि दिऔ ।

डिभिजन वन कार्यालय, बर्दिया
फोन नं. ०८४-४२०१५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search