[the_ad id="16865"]

राष्ट्र बैंकको संदेश : अर्थतन्त्रमा सुधार छ, प्रभाव देखिन समय लाग्छ

[the_ad id="16873"]

२८ चैत, काठमाडौं ।

महिना–महिनामा वेबसाइटबाटै सार्वजनिक गरिने नेपाल राष्ट्र बैंकको ‘आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन’ यसपटक राष्ट्र बैंकमा पत्रकार सम्मेलन गरेर बाहिर ल्याइयो ।

सरकारले सार्वजनिक रुपमै अर्थतन्त्र सुधारको प्रयास थालेको भन्दै राष्ट्र बैंकले मौद्रिक नीतिमा परिवर्तन गनुपर्ने बताइरहेका बेला फागुन महिनाको प्रतिवेदन र अर्थतन्त्रको वर्तमान अवस्थाबारे बताउन गभर्नर महाप्रसाद अधिकारी नै पत्रकारमाझ उपस्थित हुनु अर्थपूर्ण थियो । त्यसमाथि गभर्नर अधिकारीले त्यही मञ्चबाट अर्थतन्त्र सुधारोन्मुख रहेको र नेपालको बैंकिङ क्षेत्र सुरक्षित रहेको सन्देश पनि दिए ।

नेपालको बैंकिङ क्षेत्रको विषयमा प्रश्न उठ्ने गरेको छ । समग्रमा बैंकहरूको अवस्था सुरक्षित छ, स्वस्थ छ । सानोतिनो धक्काले जोखिम आउने अवस्था छैन’, उनले भने ।

बैंंक तथा वित्तीय संस्थाहरुको पूँजीकोष ११ प्रतिशत हुनुपर्नेमा १३ प्रतिशत भन्दा माथि रहेको तथ्यांक उनले प्रस्तुत गरे । त्यस्तै बैंकहरुसँग २४ प्रतिशत भन्दामाथि तरल सम्पत्ति रहेको उनको भनाइ छ ।

कोभिडपछिको सम्भावित जोखिमलाई ध्यानमा राखेर थप प्रोभिजन गर्नुपर्ने व्यवस्था, नियमन तथा सुपरीवेक्षणमा कडाइले गर्दा निष्क्रिय कर्जा केही बढेपनि जोखिमको अवस्था नरहेको गभर्नर अधिकारीको दाबी छ । ‘विगतमा सुपरीवेक्षण केही खुकुलो थियो । कोभिडपछिको सम्भावित जोखिमलाई हेरेर सुपरीवेक्षणमा कडाइ गरेका छौं’, उनले भने ।

बैंकहरुको निष्कृय कर्जा अनुपात औसतमा २.४९ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले ५ प्रतिशत नाघेपछि त्यसलाई जोखिम मान्ने गरेको छ । राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक समेत रहेका अर्थविद नरबहादुर थापा  नेपालको बैंकहरुको पूँजीको आधार बलियो रहेकोले जोखिम न्यून रहेको बताउँछन् ।

राष्ट्र बैंकले असल वर्गमा वर्गीकृत कर्जालाई विगतमा १ प्रतिशत मात्रै नोक्सानी व्यवस्था गर्दा हुने नियम बनाएकामा कोभिड–१९ को महामारीपछि बढाएर १.३ प्रतिशत पु¥याएको थियो ।

गभर्नर अधिकारीले अर्थतन्त्रको सूचक सुधार भएको र नागरिकले त्यसको महसुस गर्न समय लाग्ने दाबी गरे । विदेशी विनियम सञ्चिति, चालु खाता र शोधनान्तर स्थितिको तुलनात्मक तथ्यांक प्रस्तुत गर्दै बाह्य क्षेत्र सुधार भएको उनको दाबी छ ।

‘गत आर्थिक वर्षमा चालु खाता घाटा ६ खर्ब २३ अर्बले पुग्दा कुल गार्हस्थ उत्पादनको १२ प्रतिशत भन्दा माथि लागेको थियो । त्यसले बाह्य क्षेत्रमा ठूलै जोखिमको अवस्था ल्याएको थियो’, उनले भने, ‘अहिले अवस्था त्यस्तो छैन । विदेशी विनिमय सञ्चिति सुविधाजनक अवस्थामा छ । चालु खाता ८ महिनामा ४४ अर्बले मात्रै घाटामा छ । शोधनान्तर स्थिति १ खर्ब ४८ अर्बले बचतमा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search