[the_ad id="16865"]

बर्दियामा लघुवित्तीय संस्थाविरुद्ध रिले अनशन

[the_ad id="16873"]

लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिले एक सातादेखि गुलरियास्थित जिल्ला प्रशासन कार्यालयको मूलद्धार छेउमा रिले अनशन जारी राखेको छ ।

उनीहरुले लघु वित्तीय संस्था खारेज, सामूहिक ऋण मिनाहा, गरिब किसानलाई निःशुल्क ऋणलगायत पाँच सुत्रीय माग गरेका छन् ।

गाउँबाट आएका महिलाहरु सडक पेटीमा अनशन बस्दै आएका छन् । अनशनमा बस्दै आएका उनीहरुले माग पूरा नहुञ्जेल धर्नामा बसिरहने बताए । मंगलबार लघु वित्तीय संस्थाका पीडितले गुलरिया बजारमा प्रदर्शनसमेत गरेका थिए ।

संघर्ष समितिका गुलरिया नगर अध्यक्ष रंजितबिक्रम शाहले लघु वित्तीय संस्थाहरु खारेज गर्न, लघु वित्तीय संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाह गर्न, गरिब किसानको नि:शुल्क ऋण प्रदान गर्न पाँच सुत्रीय माग रहेको बताए ।

उनले आवश्यकता र क्षमता आधारित काम र दामको व्यवस्था हुनु पर्ने र समाजवादी अर्थतन्त्र विकास लागू गर्न सरकारसँग माग गरेको जनाए ।

जिल्ला प्रशासन कार्यालय अगावै सडकमा बसेर बिहान १० देखि ५ बजेसम्म रिले अनशनमा बस्दै आएका छन्

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search