[the_ad id="16865"]

रास्वपाले समानुपातिक सांसदमा विन्दवासिनी कंशाकारलाई निर्वाचित गर्ने

[the_ad id="16873"]

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने निर्णय गरेको छ ।

बुधबार केन्द्रीय पार्टी कार्यालयमा बसेको पार्टीको बैठकले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई पार्टी र सांसद पदबाट निष्कासित गरी कंशाकारलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने निर्णय गरेको हो ।

दुई करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो बाहिरिएसँगै पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले उनको साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको हो ।

पार्टी सभापति रवि लामिछानेले पार्टीको केन्द्रीय अनुशासन समितिले गरेको छानबिनपछि बुझाएको सिफारिस अनुसार पार्टी विधानको धारा ५६ (४) बमोजिम उनको सदस्यता खारेज गर्ने निर्णय गरेको जानकारी दिए ।

पार्टीले उनको सांसद पद पनि खारेज गर्दै कानुन बमोजिम निर्वाचन आयोगमा बुझाएको सूची अनुसार विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने प्रक्रिया अघि बढाउने पनि पार्टीले निर्णय गरेको सभापति लामिछानले जानकारी दिए ।

त्यस्तै अडियो रेकर्डको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत अधिकारसम्पन्न सरोकारवाला निकायले थालेको अनुसन्धानमा आवश्यक सहयोग गर्न पार्टी सदैव तयार रहेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search