[the_ad id="16865"]

३० भन्दा बढी देशका शान्तिका पक्षधर प्रतिनिधिको भेलाबाट ‘विश्व शान्तिको अठोट’

[the_ad id="16873"]

३० भन्दा बढी देशका शान्तिका पक्षधर प्रतिनिधिको भेलाबाट ‘विश्व शान्तिको अठोट’

विश्वभर शान्ति फैलाउने अठोट गर्दै ग्लोबल पीस लिडरसीप कन्फरेन्स दिल्लीमा सम्पन्न भएको छ । ३० भन्दा बढी देशका शान्तिका पक्षधर प्रतिनिधिहरुको भेलामा शान्तिलाई बढावा दिन सकिने विभिन्न उपायहरु बारेमा छलफल भएको थियो ।

हरेक क्षेत्रमा युवालाई प्राथमिकता दिने, शिक्षामा पहुँच, मानिसभित्र रहेको शान्त स्वभावलाई बाहिर ल्याउन भूमिका खेल्ने, व्यक्ति आफैले आफैलाई माया गर्ने, सेवा भाव राख्नेजस्ता विषयलाई शान्तिको सुत्रका रुपमा दर्शाइएको छ । अर्को शान्तिका लागि पर्यावरण संरक्षण पनि उत्तिकै महत्वपूर्ण रहेको निष्कर्ष भेलाले दिएको छ ।

ग्लोबल पीस फाउन्डेसन इन्डियाका अध्यक्ष मार्कडेंय रायले हरेक व्यक्ति पृथ्वीको मित्र बन्नुपर्ने बताएका छन् । उनले शान्तिका लागि प्रकृतिमा धेरै शक्तिहरु रहेको भन्दै त्यसको उपयोगमा जोड दिए ।

फाउन्डेसनका अन्तर्राष्ट्रिय अध्यक्ष जेम्स पी. फ्लिनले भविष्यलाई ध्यानमा दिएर वर्तमानमा पाइला चाल्नुपर्ने उल्लेख गरे । उनले विश्वशान्ति अपहरिहार्य रहेको भन्दै त्यसका लागि सबैबाट साहसिक र सहयोगात्मक व्यवहार जरुरी हुने बताए ।

पीस लिडरसीप कन्फ्रेन्समा नेपालबाट पनि प्रतिनिधिहरुको सहभागिता रहेको थियो । विभिन्न जिल्लाबाट ६० हाराहारीमा नेपाली प्रतिनिधिको सहभागिता थियो ।

कुनै पनि व्यक्तिले पहिला आफैबाट सुरु गरेर पारिवारिक शान्ति हुँदै क्रमशः समाज, देश र विश्व शान्तिमा योगदान दिन सक्ने विषयलाई प्रचारित गर्नु कन्फ्रेन्सको उद्देश्य थियो ।

फाउन्डेसका नेपाल प्रतिनिधि सविन खनालले शान्तिको पहिलो युनिट नै परिवार रहेकाले शान्तिको पहल त्यहींबाट हुनुपर्नेमा कन्फ्रेन्सको जोड रहेको बताए । ‘सम्पूर्ण विश्व नै एउटा परिवार हो, विश्वमा शान्ति सम्भव छ, त्यसका लागि हरेक व्यक्तिले आफ्नो ठाउँबाट प्रयास गर्नुपर्छ,’ उनले भने, ‘त्यही सेरोफेरोमा कन्फ्रेन्स केन्द्रित थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search