[the_ad id="16865"]

काठमाडौमा ‘कोरियन ड्रीम’ को चर्चा

[the_ad id="16873"]

काठमाडौमा ‘कोरियन ड्रीम’ को चर्चा

काठमाडौमा एक कार्यक्रमको आयोजना गरि “”कोरियन ड्रीम ” पुस्तकको बारेमा बिबेचना गरिएको छ। प्राज्ञ , लेखक,पत्रकार,बुद्धिजीवी र विभिन्न राजनीतिक दल सम्बद्ध ब्यक्तित्वहरुका बीचमा सो बिबेचनाको आयोजना गरिएको थियो ।

बिबेचना को प्रारम्भ गर्दै प्रा .डा .रामचन्द्र पोखरेल ले “दक्षिण कोरियाली मूलका अमेरिकी डा.ह्योन जिन प्रेस्टन मुन ले लेख्नुभएको पुस्तक “कोरियन ड्रीम” ले समकालीन पूर्वी एशियाली क्षेत्र र संपूर्ण बिश्व मै शान्ति स्थापनाको मार्गचित्र प्रस्तुत गरेको बताउनुभयो । ” ‘कोरियन ड्रीम’ पुस्तकमा लेखक डा . मुन एक सच्चा बिश्व शान्ति दूतको रूपमा देखिनुहुन्छ।”

प्रा.डा. पोखरेलले भन्नुभयो । उहाँका अनुसार ,’कोरियन ड्रीम’ आम सर्वसाधारण सबैले पढ्नु पर्ने पुस्तक हो। यसको अध्ययनले बिश्व राजनीतिलाई फरक ढंगले हेर्न र कोरियाली प्रायद्वीप का विविध बिषयलाई बहुआयामिक रुपले बुझ्न धेरै ठूलो सघाउ पुग्छ ।” कार्यक्रममा प्रमुख अतिथिका रूपमा आयोजक संस्था फेमिली पिस असोसियसनका अन्तरराष्टृय उपाध्यक्ष क्युङ हो किम ले “कोरियन ड्रीम” पुस्तकका लेखक डाक्टर ह्योन जुन मुनको संघर्षशील र अनुकरणीय ब्यक्तित्वको चर्चा गर्नुभएको थियोे । अर्का वक्ता ध्रुब लामिछानेले “कोरियन ड्रीम”” पुस्तकको मूल मर्म “बसुधैव कुटुम्बकम” रहे्को बताउनुभयो ।

सहभागीहरुले उक्त कार्यक्रमको बारेमा सकारात्मक प्रतिक्रिया दिनुभयो। हामी संग आफ्नो प्रतिक्रिया ब्यक्त गर्दै प्राध्यापक डाक्टर श्री राम उपाध्यायले कोरियाली प्रायद्वीपको आफ्नै बेग्लै र एकीकृत पहिचानलाई बिश्व शान्तिको निम्ति एक रोल मोडल मान्न सकिन्छ। त्यसको लागि डाक्टर मूनको पुस्तक “कोरियन ड्रीम” बहुकोणिय ब्याख्या गरेको बताउनुभयो ।

 

अर्का सहभागी उर्जा बिद अनिरुद्ध साह ले कोरियन ड्रीम जस्तो महत्त्वपूर्ण पुस्तकको बारेमा गरिने सकारात्मक बिबेचनाले नेपाली र कोरियाली जनमानस बीचमा बलियो सम्बन्ध स्थापित गर्न थप बल पुग्ने दावी गर्नुभयो ।

नन्दी मा बि,नक्साल का प्र अ गीता काफ्लेले आफूले केही अघि दक्षिण कोरियाको भ्रमण गर्दा त्यहाँको समग्र बिकासबाट प्रभावित भएको उल्लेख गर्दै पुस्तक ले बिश्व शान्तिका लागि कोरियाली पक्षबाट असाध्यै महत्त्वपूर्ण बिषयबस्तुहरु समेटेको बताउनुभयो । बिश्लेषक डाक्टर बिजय प्रसाद मिश्रले भन्नुभयो ,”अवको शताब्दीलाई एशियाली राष्ट्रहरुको नेतृत्वमा अघि बढाउन को लागि “कोरियन ड्रीम” ले उठाएका सन्दर्भहरु अत्यन्तै सामयिक र बिचारणीय छन् ।”
बैचारिक मन्थनको उक्त कार्यक्रमको संचालन एफ पि ए, नेपाल का अध्यक्ष डाक्टर किशोर कुमार राजभण्डारीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search