[the_ad id="16865"]

बर्दियाकाे सदरमुकाम गुलरियाबाट रेडियो संवाद एफ.एम. आजदेखि परिक्षण प्रसारण सुरु

[the_ad id="16873"]

बर्दिया, जेठ १५ ।

बर्दियाकाे सदरमुकाम गुलरियाबाट “बर्दियाकाे समावेशी आवाज” भन्ने नारासहित रेडियो संवाद एफ.एम. ले आज गणतन्त्र दिवसका दिनदेखि आफ्नो परिक्षण प्रसारण सुरु गरेकाे छ ।

(बिबिसी एन) भावुक बर्दिया कम्युनिकेशन नेटवर्कद्वारा संचालित “बर्दियाकाे समावेशी आवाज” नारासहित रेडियो संवाद एफ.एम. ९८.३ मेगाहर्ज, गुलरिया नगरपालिका ४, तुलापुरकाे (कृष्णसार ताल) लेकसाइडबाट गणतन्त्र दिवसको अवसरमा रेडियोले आफ्नो परिक्षण प्रसारण शुभारम्भ गरेको हाे ।

जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारि विहान ५:५१ बजेदेखि गुलरिया नगरपालिका उपप्रमुख सावित्रा गाैतमले रेडियोकाे ट्रान्समिटरकाे बटन थिचेर धार्मिक भजनका साथ शुभकामना दिँदै परिक्षण प्रसारण शुभारम्भ गर्नुभएको रेडियो संवाद एफ. एमका प्रवन्ध निर्देशक भावुक याेगीले बताउनुभयो ।

रेडियोकाे परिक्षण प्रसारण उद्घाटन कार्यक्रममा गुलरिया नगर उपप्रमुख सावित्रा गाैतम, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, मधुवन नगरका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्याैपाने, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, नेपाल प्रहरी उपरीक्षक सुधिरराज शाही, शसस्त्र प्रहरी उपरीक्षक शाही, वडाअध्यक्षहरु सुरेश गाैतम, मुम बहादुर मल्ल, हरि प्रसाद पासी, लक्ष्मीनारायण लाेध लगायतको सहभागीता रहेको थियाे ।

बर्दिया टाइगर नेटवर्कद्वारा संचालित गर्जन्छ सधैं… बाघ झैँ… नारासहित रेडियो टाइगर ९९.२ मेगाहर्ज ठाकुरबाबा नगरपालिका १, भुरिगाउँमा स्थापना भएको ७ वर्ष पछि बर्दियाकाे सदरमुकाम गुलरियाबाट पनि रेडियो टाइगरले शाखाकाे रुपमा रेडियो संवाद एफ.एम. संचालनमा ल्याएको हाे ।

बर्दियाकाे ठाकुरबाबा नगरपालिकासहित गुलरिया, मधुवन, बारबर्दिया, गेरुवा लगायत सबै पालिका र छिमेकी जिल्लाका रेडियोप्रेमी स्राेताहरु माझ रेडियोकाे प्रसारण अब झनै प्रष्ट रुपमा सुन्न सकिनेछ ।

रेडियो टाइगरसंग सहकार्य गर्दै अघि बढ्दै रेडियो संवाद गुलरिया ९८.३ मेगाहर्जले परिक्षण प्रसारण पश्चात् असार मसान्तदेखि नियमित प्रसारण सुरु गर्ने कार्यक्रम संयाेजक साैगात श्रेष्ठले बताउनुभयो ।

रेडियो टाइगरले कृषि, स्वास्थ्य, शिक्षा, वन वन्यजन्तु संरक्षण, संस्कृति, पर्यटन र विकास लगायतका विषयमा विभिन्न सुचनामुलक, जनचेतनामूलक कार्यक्रम एवं समाचारका साथै मनाेरन्जनात्मक कार्यक्रमहरु उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ ।

रेडियो संवाद एफ. एम. ९८.३ मेगाहर्जले परिक्षण प्रसारण शुभरम्भ गरेको अवसरमा सम्पूर्ण रेडियोप्रमी स्राेताहरुमा आभारसहित शुभकामना व्यक्त गर्दै स्राेतले रुचाउने सुचना तथा समाचारमुलक, शन्देशमुलक र कार्यक्रमहरु प्रसारण गर्ने रेडियोका प्रवन्ध निर्देशक याेगीले बताउनुभयाे ।

रेडियोकाे परिक्षण प्रसारण समयावधि सकिए लगत्तै सम्भवतः असार मसान्तदेखि नियमित प्रसारण सुरु गरेपछि उज्यालो रेडियोबाट प्रसारण हुने समाचार कायाकैरण, नेपाल दर्पण र नेपाल खबरसहित बिबिसी नेपाली सेवा समाचार तथा स्थानीय समाचारसमेत सुरु गरिने याेगीले बताउनुभयो । यसअघि उज्यालो रेडियोबाट प्रसारित कायाकैरण लगायतका समाचार सुन्नबाट सदरमुकाम गुलरियाबासी रेडियोप्रेमी स्राेताहरु बञ्चित थिए ।

रेडियो संवादकाे प्रसारण एफ. एम. रेडियो र माेबाइलसंगै अनलाइन मार्फत हाम्रो पात्राे, नेपाली पात्राे माेबाइल एप्लिकेसन तथा अनलाइन संवाद डट कमबाट सम्पूर्ण कार्यक्रमहरु सुन्न तथा अनलाइनमा समाचारहरु पढ्नसमेत सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search