[the_ad id="16865"]

वडा कार्यालयको सहयोगमा बाल बिवाह न्युनिकरण गर्न कार्यक्रम

[the_ad id="16873"]

ज्योति कुमार पन्थी बर्दिया

बर्दिया जेठ २४ गते । बर्दिया जिल्ला भारत सँग खुला सिमाना भएको जिल्ला हो । बर्दिया जिल्लामा अहिले पनि कानुनले बन्देज गरेको बालबिवाह कायमै देखिन्छ त्यसैले बिभिन्न संघ सस्थाहरु बल बिवाह न्युनिकरण गर्नका लागि कार्यक्रमहरु सञ्चालन हुने गरेका छन । बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. ५ ले पनि दलित महिला संघ संगको सहकार्यमा बाल बिवाह न्युनिकरण अभियान शुरु गरेको छ ।

गुलरिया नगरपालिका वडा नं.५ ले वडा भित्र हुने गरेको बाल बिवाह न्युनिकरण गर्नका लागि दलित महिला संघ संगको सहकार्यमा सचेतना मुलक कार्यक्रम गर्ने गरेको छ ।

कम उमेरमा बिवाह हुदा किशोरीहरुमा हुने समस्यालाई किसोरी समक्ष पुरयाउँदै उनिहरुको बिवाह २० बर्ष पछि गर्नका लागि परिवारमा समेत सचेता होस भन्ने उद्धेश्यका साथ वडा कार्याल्लयको सहयोगमा दलित महिला संघ बर्दियाले बाल बिवाह न्युनिकरण कार्यक्रम सञ्चालन गरेको दलित महिला संघ बर्दिया अध्याक्ष हिमा सुनारले बताउँनु भयो ।

वडा कार्यालयको सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा किशोरी, बालक्लव आमा समुह र जनप्रतिनिधिको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा गुलरिया नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष मुम बहादुर मल्लले २० बर्ष उमेर नपुगिकन बिवाह गरे बिवाह गर्ने गराउँने र बिवाह भोजमा सरिक हुने सवैलाई कानुनी कारबाही हुने भएकाले सचेतना फैलाउँनका लागि कार्यक्रम आयोजना गरिएको बताउँनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search