[the_ad id="16865"]

चिन भ्रमणमा नजाने बालेनको निर्णय

चिन भ्रमणमा नजाने बालेनको निर्णय
[the_ad id="16873"]

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चीनले हालै जारी गरेको नक्साप्रति आपत्ति जनाउँदै चीन भ्रमण रद्द गरेका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बालेनले नैतिकताका आधारमा चीन भ्रमणमा नजाने निर्णय गरेको जानकारी दिएका छन्। बालेनले लेखेका छन्- हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौं। केही दिनपहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ।नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं। त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु। मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले भने व्यस्तताका कारण चीन भ्रमणमा नगएको बताएका छन्। ‘मेयरको कार्यव्यस्तताले गर्दा जान नपाउनु भएको हो,’ उनले भने, ‘चीनमा एक एक्सचेन्ज प्रोगाम थियो। पर्यटन प्रवर्द्धनका लागि विभिन्न शहरका पदाधिकारी बोलाइएको थियो।’

फेसबुक स्टाटस चीनको नयाँ नक्साबारे बालेनको धारणा भएको उनले बताए।

‘फेसबुकमा उहाँले कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा नसोधी भारतको देखाएकोमा आफ्नो धारणामात्र राख्नुभएको हो। यो पनि अर्को कारण भए पनि चीन नजानुको प्रमुख कारण कार्यव्यस्तता नै हो,’ उनले भने। गत सोमबार चीनको प्राकृतिक स्रोत मन्त्रालयले झेजियाङ प्रान्तको देकिङ काउन्टीमा आयजित एक कार्यक्रममा नक्सा सार्वजनिक गरेको थियो। सीमाबारे जनचेतना अभिवृद्धि गर्ने सप्ताह र सर्भेइङ एन्ड म्यापिङ पब्लिसिटी डेका अवसरमा नयाँ नक्सा जारी गरिएको हो। भारतीय सञ्चारमाध्यमहरूले चीनको नयाँ नक्सामा अरूणाचल प्रदेश र अक्साई चीनलगायत भूमि पनि समेटिएको बताएका छन्।द हिन्दुका अनुसार चीनको नयाँ नक्सामा अरूणाचल प्रदेश पुरै र अक्साई चीनको क्षेत्र समेटिएको छ। ती दुई क्षेत्रबारे भारत र चीनबीच विवाद छ। चीनले यसअघि पनि ती ठाउँलाई आफ्नै नक्सामा राख्ने गरेको थियो। केही समयअघि चीनले अरूणाचलका ११ ठाउँको नाम परिवर्तन गरेको थियो।भारत र चीनबीच लद्दाखदेखि अरूणाचलसम्म सीमा विवाद छ। चीनले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिम्मियाधुरा, लिपुलेक क्षेत्र भारतमा देखाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search