[the_ad id="16865"]

जेष्ठ नागरिक समाजलाई नगद १० हजार सहयोग

जेष्ठ नागरिक समाजलाई नगद १० हजार सहयोग
[the_ad id="16873"]

हरिवंश पाण्डे, बर्दिया
बर्दियाको ठाकुरबाबा नगरपालिका वार्ड नम्बर ९ ठाकुरद्वारा निवासी कलम बहादुर बडुवालले ठाकुरद्वारामा रहेको जेष्ठ नागरिक समाजलाई नगद रु १० हजार १ सय पाँच रुपिया सहयोग गर्नु भएको छ।
आज जनै पूर्णिमाको विशेष दिनमा आफ्नो पृतीको सम्झना तथा सन्तान सन्ततिको सफल जीवनकालको कामना गर्दै बडुवालले जेष्ठ नागरिक समाजलाई नगद रकम सहयोग गर्नु भएको जेष्ठ नागरिक समाज ठाकुरद्वाराका संयोजक जय बहादुर बमले जानकारी दिनु भयो। हाल आफू दीर्घ रोगी रहेर औषधिउपचारमा रहेता पनि समाजमा रहेका जेष्ठ नागरिकहरुको समूहमा केही राहत पुग्ने हेतुले आफूले आज विशेष दिनमा नगद सहयोग गरेको बडुवाल बताउनुहुन्छ ।ठाकुरबाबा मन्दिर परिसरमा जेष्ठ नागरिक समाजको कार्यालय रहेको छ । यस क्षेत्रका जेष्ठ नागरिकहरु त्यहाँ भेला भएर भजनकीर्तन गर्ने, पुस्तक पढ्ने लगाएतका कार्य दैनिक रुपमा गर्दै आइरहेको हुन्छ्न । यस व्यवस्थापनका लागि ठाकुरबाबा नगरपालिका वार्ड नम्बर ९ ले विविध सहयोग गरेको छ। जेष्ठ नागरिक हामीहरूको जिउँदो इतिहास रहेको र उहाँहरुको उचित रेखदेख र व्यवस्थापन गर्नु आफूहरुको दाहित्व रहेको ठाकुरबाबा मन्दिर व्यव्थापन समितिका अध्यक्ष रुद्र खड्का बताउनुहुन्छ। विविध पक्षमा भैपरि आउने खर्च व्यवस्थापनमा सहज पुग्ने हेतुले बडुवालले विशेष दिनमा मोक्ष प्राप्तिको लागि नगद सहयोग गर्नु भएको अध्यक्ष खड्का बताउनु हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search