[the_ad id="16865"]

बर्दियामा घट्याे सवारि दुर्घटना ज्यान गुमाउनेकाे संख्यामा समेत कमि

[the_ad id="16873"]

बर्दियामा घटयो सवारी दुर्घटना ज्यान गुमाउँनेको संख्यामा समेत कमि
ज्योति पन्थी बर्दिया
बर्दिया जिल्लामा पुर्व पश्चिम राजमार्ग, हुलाकी सडक आयोजना र थुप्रै सडकहरु रहेका छन । प्रत्येक बर्ष बर्दिया जिल्लामा हुने सडक दुर्घटनामा सयौले ज्यान समेत गुमाउँन े गरेका बेला गत आर्थिक ०७९।०८० मा भने त्यो क्रम केही मात्रामा रोकिएको छ । बर्दिया जिल्लामा आर्थिक बर्ष ०७८।०७९ मा १ सय ७ वटा सवारी दुर्घटना हुदा ४६ जनाले ज्यान गुमाएका छन भने १ सय ८२ जना घाईते भएको टाफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । त्यस बर्ष १ सय ७ वटा सवारी दुर्घटना हुदा बढदो टाफिक सक्रिएताका कारण आर्थिक बर्ष ०७९।०८० मा भने सवारी दुर्घटनाको संख्या घटेको देखिन्छ । जिल्ला टाफिक प्रहरी कार्यालय बर्दियाका अनुसार गत आर्थिक बर्षमा ७५ वटा सवारी साधन दुर्घटना हुदा ३२ जनाले ज्यान गुमाएका छन भने १ सय १ जना घाईते भएका छन । गत आर्थिक बर्षमा मात्र सवै भन्दा बढी ४४ वटा मोटरसाईकल दुर्घटना भएको देखिन्छ भने ४ वटा बस, ६ वटा माईक्रोबस, ६ वटा कार र ३ वटा टिप्पर दुर्घटना भएको देखिन्छ । बर्दिया जिल्लामा बिगतका बर्षहरुमा टाफिक प्रहरीको सक्रियता बढे सँगै अहिले जिल्लामा दुर्घटनाको संख्या समेत घटदै गएको जिल्ला टाफिक प्रहरी कार्यालय बर्दियाका प्रहरी बरिष्ट नायव निरिक्षक नरेन्द्र बहादुर सिंहकोे भनाई छ ।
बर्दिया जिल्लाको सवैभन्दा लामो सडक रुपमा पुर्व पश्चिम राजमार्ग र हुलाकी सडक पर्दछ । बर्दियाको मानखोला देखि चिसापानि क्षेत्र सम्म पुर्व पश्चिम राजमार्ग पर्ने गर्दछ भने दक्षिण तर्फको मानखोला देखि कैलाीको टिकापुर सम्म जोडने सडकमा हुलाकी राजमार्ग पर्ने गर्दछ । बर्दिया जिल्ला टाफिक प्रहरी कार्यालयमा कर्मचारीको अभाव त छदैछ त्यसमा पनि टाफिक प्रहरीले भाडाको घरमा बसेर कार्यालय सञ्चालन गरि रहेको छ तर पनि टापिक प्रहरीले जिल्ला प्रहरी कार्यालय बर्दिया सँग सम्मन्वय गर्दे टाफिक ब्यवस्थालाई चुस्त दुरुस्त बनाएका कारण बर्दिया जिल्लामा बिगतका बर्षमा भन्दा गत आर्थिक बर्षमा दुर्घटनाको संख्यामा निकै कमि आएको देखिन्छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले समय टाफिक प्रहरी सँग सहकार्य गरेका कारण टाफिक प्रहरीलाई दुर्घटना न्युनिकरणमा सहज भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकारी हिक्मत बहादुर बोहराले बताउँनु भयो ।
भाडाको सानो घरबाट सेवा दिई रहेको टाफिक प्रहरीलाई नेपाल सरकारले साधन स्रोतले सम्पन्न बनाउँन सक्ने हो भने पनि टाफिक प्रहरीलाई अझ बढी हौसाला मिल्ने देखिन्छ जसले गर्दा बर्दियामा दुर्घटना न्युनिकरण हुनेमा बिश्वस्त हुने प्रशस्त ठाउँहरु देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search