[the_ad id="16865"]

एम्बुलेन्स र सव बाहनमा छुट सहित कृषकलाई कृषि कार्डकाे ब्यवस्था गर्ने गुलरिया नगरपालिकाकाे निर्णय

[the_ad id="16873"]

ज्याेति पन्थि
बर्दिया । बर्दिया जिल्लाकाे सवै भन्दा जेठाे नगरपालिकाकाे रूपमा चिनिएकाे गुलरिया नगरपालिकाे मंगलबार बसेकमे कार्यपालिका बैठकले विभिन्न निर्णयहरू गरेकाे जनाएकाे छ । मंगलबार बसेकाे कार्यपालिका बैठकले गुलरिया नगरपालिकाबाट सञ्चालित एम्बुलेन्समा जेष्ट नागरिक, राताे कार्ड भएका शारिरिक अशक्तता भएका ब्यक्ति, सुत्केरि महिलालाई जिल्ला अस्पताल सम्म पुर्याउन निशुल्क सेवा प्रवाह गर्ने र गुलरिया नगरपालिकाका नागरिककाे मृत्यु बर्दियाकाे अस्पताल र बाके स्थित अस्पतालहरूमा भएमा त्यस स्थानबाट घाट सम्म लैजान वा बर्दिया सम्म ढुवानि गर्न निशुल्क सेवा प्रवाह गर्ने , बाढिबाट क्षति भएकाहरूकाे तथ्यांकमा वडाबाट आएकाे तग्यांकलाई मान्यता दिने । गत साता बंबई नदिमा आएकाे बाढिमा बगि बेपत्ता भएका तीन जनाकाे परिवारलाई जनहि ५० हजार शआर्थिक सहयाेग प्रदान गर्ने , गुलरिया नगरपालिका मा पर्ने सर्यु नदि लगायत अतिक्रमित क्षेत्रहरूकाे नाप नक्सा तयार गर्ने, भुमिहिन सुकुम्बासिकाे दर्ता छुट भएकाहरूलाई पुन अनलाईन फर्म भर्न आवेदन माग गर्ने, नेपाल भारत सिमानामा बसाेबास गरेका कृषकहरूकाे उतपादनलाई बजार सम्म पुर्याउन कृषकलाई कृषि कार्डकाे ब्यवस्था गर्ने, महाकालि सुगरमिललाई गुलरिया नगरपालिका क्षेत्र भित्र सुगरमिल उध्याेग स्थापनाका लागि अनुराेध गर्ने निर्णय गरेकाे गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताउनु भयाे । उहाले नगरमा स्थानियकाे पहुच पुर्याउनका लागि नगरिककाे हितलाई मध्यनजर गरेर निर्णय गरिएकाे समेत बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search