[the_ad id="16865"]

संसदकाे भनाईमा सत्यता छैन- नगर प्रमुख दिपेश

संसदकाे भनाईमा सत्यता छैन- नगर प्रमुख दिपेश
[the_ad id="16873"]

ज्योति कुमार पन्थी बर्दिया
बर्दिया जिल्लाबाट जनमत पार्टीबाट संघिय संसदमा प्रतिनिधित्व गरेका समानुपातिक सँसद अब्दुल खानले राजापुर नगरपालिकाले सञ्चालन गरेको गौशालाको बिषयमा उठान गरेको बिषय बस्तु लाई लिएर नगरपालिकाले गम्भिर ध्यानकर्षण भएको जनाएको छ । राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारु र प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंग शाहीले आज एक बिज्ञप्ती जारी गर्दे आपत्ति जनाउँनु भएको हो । बिज्ञप्तीमा संसद जस्तो गरिमा बोकेको स्थानमा उभिएर बिना सत्यतथ्य कसैसँग आधिकारीक बिवरण नलिई बोलीएको जनाईएको छ । बिगत केही बर्ष देखि उक्त गौशालामा गाई हेरालुको रुपमा तिन जना कर्मचारी कार्यरत रहेको र उक्त गौशालामा ३ सय ६० वटा गाईहरु ब्यवस्थित तरिकाले राखिएको समेत बिज्ञप्तीमा उल्लेख गरिएको छ । उक्त बिज्ञप्तीमा भनिएको छ गौशालाको बारेमा संसद जस्तो गरिमामाय स्थानमा बोल्न भन्दा यथार्थ धरातलमा रही सुझाव दिन समेत नगरपालिकाले अनुरोध गरेको छ ।
हेर्नुहोस बिज्ञप्तीको पुर्ण पाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search