[the_ad id="16865"]

सिमावर्ति जिल्लाका भन्सार कार्यालयले लक्ष्य अनुरुपको राजस्व उठाउँन सकेनन

सिमावर्ति जिल्लाका भन्सार कार्यालयले लक्ष्य अनुरुपको राजस्व उठाउँन सकेनन
[the_ad id="16873"]

प्रस्ट समाचार
द्धन्दका समयमा हटाईएका छोटी भन्सारहरु शान्ति पुर्न स्थापना पछि पनि पुर्न स्थापित हुन नसक्दा बर्दिया जिल्लाले ठुलो राजस्व गुमाउँनु परेको छ । द्धन्दाका समयमा बन्द भएका करिव आधादर्जन छोटी भन्सारहरु अहिले सम्म पनि पुर्न स्थापित हुन सकेका छैनन ।
भारत सँग ८३ किलोमिटर खुला सिमना भएको बर्दिया जिल्लामा जिल्ला भन्सार कार्यालयले उठाउँनु पर्ने राजस्व उठाउँन नसक्दा सरकारी कोष समेत घटदै गएको छ । द्धन्दका समयमा बर्दिया जिल्लाबाट बिस्थापित भएका करिव आधा दर्जन छोटी भन्सार कार्यालयहरु शान्ति पुर्न स्थापना पछि पनि पुर्न स्थापित हुन नसक्दा बर्दिया भन्सार कार्यालयले आफनो लक्ष्य अनुरुपको राजस्व संकलन गर्न सकेको छैन । बिगत तिन आर्थिक बर्षमा राजापुर भन्सार कार्यालयबाट नगन्य मात्रामा राजस्व संकलन भएको देखिन्छ । आर्थिक बर्ष ०७८।०७९ मा लक्ष्य अनुसारको ६४ दशमलव २७ प्रतिशत राजस्व संकलन भएको थियो भने आर्थिक बर्ष ०८९।०८० मा भन्सार राजस्व घटेर ४७ दशमलव ५१ प्रतिशत मात्र संकलन भएको देखिन्छ । बर्दिया जिल्लामा कलकाराखानहरु नहुनु र द्धन्दका समयमा बिस्थापित भएका आधा दर्जन भन्दा बढी छोटी भन्सारहरु पुर्न स्थापित हुन नसक्दा राजस्व संकलन हुन नसकेको गुलरिया उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष ईन्द्र कुमार श्रेष्टले बताउँनु भयो ।
आर्थिक बर्ष ०७८।०७९ मा २ करोढ १० लाख ३३ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेको भए पनि त्यस आर्थिक बर्षमा १ करोड ३५लाख १७ हजार १ सय ६ रुपैया राजस्व संकल नभएको देखिन्छ जुन लक्ष्य अनुरुपको ६४ दशमलव २७ प्रतिशत मात्र हो भने आर्थिक बर्ष ०७९।०८० मा बर्दियामा २ करो८० लाख ९६ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको भन्सार कार्यालय बर्दियाले जम्मा १ करोड ३३ लाख ४९ हजार १ सय ४ रुपैया संकलन गरकेो छ जुन भन्सार राजस्व लक्ष्य भन्दा निकै कम ४७ दशमलव ५१ प्रतिशत मात्र हुन आउँने गुलरिया भन्सार कार्यालयका प्रमुख मनोज बस्नेतले बताउँनु भयो
बर्दिया जिल्लाम रहेको भन्सार कार्यालयले बिगत धेरै बर्ष देखि आफनो लक्ष्य अनुरुपको राजस्व गुमाउँदै गएको छ । पर्याप्त जनशक्तिको अभाव, बिथापित भएको छोटी भन्सार पुर्न स्थापित हुन नसक्नु र पटक पट कर्मचारी पठाउँन नसक्नु भन्सार राजस्व नउठनुको मुख्य कडिका रुपमा बुझन सकिन्छ । बर्दिया जिल्ला लगायत तराईका सवै जिल्लाहरुमा राजस्व संकलनमा गिरावट आएको देखिन्छ । जिल्लाबाट जमुनी, फुटाहा, लालपुर, कालाबञ्जार लगायतका स्थानमा रहेका छोटी भन्सारहरु पुर्न स्थापित नभएका कारणले राजस्व प्रभावित भएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताउँनु भयो ।
बर्दिया जिल्लामा मात्र नभई पछिल्लो समय देशभरका नेपाल भारत सिमानामा पर्ने जिल्लाहरुबाट भन्सार राजस्व संकलन हुन सकेको देखिदैन जसले गर्दा देशको अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव परि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search