[the_ad id="16865"]

गाेल्डकपमा टिकट बिक्रीबाट ११ लाख संकलन

गाेल्डकपमा टिकट बिक्रीबाट ११ लाख संकलन
[the_ad id="16873"]

भाद्र २० गते । ताप्लेजुङमा जारी प्रथम ताप्लेजुङ गोल्डकपमा हालसम्म टिकट बिक्रीबाट ११ लाख बढी रकम संकलन भएको छ ।
सोमबार र मंगलबार भएको सेमिफाईनल खेलबाट ४ लाख ६५ हजार ८ सय रुपैँया सहित ११ लाख २१ हजार ७ सय रुपैँया संकलन भएको लाखेजात्रा सञ्चालन समितिले जानाएको छ । क्वाटरफाईनलबाट ६ लाख ५५ हजार ८ सय रुपैँया संकलन भएको छ । आज बुधबार हुने फाईनल खेलका लागि टिकट शुल्क २ सय रुपैँया निर्धारण गरिएको आयोजकले जनाएको छ ।
खेलको पहिलो दिन भदौ १४ गते १ लाख ७० हजार ८ सय, १५ गते १ लाख ३१ हजार ७ सय, १६ गते १ लाख ७५ हजार ७ सय र १७ गते १ लाख ७७ हजार ७ सय रुपैँयाको टिकट बिक्री भएको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । यसैबीच सेमिफाईनलको पहिलो दिन भदौ १८ गते १ लाख ५८ हजार ४ सय र दोश्रो दिन भदौ १९ गते ३ लाख ७ हजार ४ सय रुपैँया संकलन भएको आयोजकको भनाई छ ।खेलमा वृद्धवृद्धा, बालबालिका तथा अशक्तहरुका लागि भने निशुल्क प्रवेशको व्यवस्था गएिको छ । खेल अवलोकनका लागि करिब ५ हजार भन्दा बढी दर्शकको क्षमता रहेको छ ।

खेलको फाईनल खेल आज हुदैछ । उपाधिका लागि जुट बिकास फुटबल एकेडेमी ईटहरी सुनसरी र रेडहर्ष फुटबल क्लब ईलामबीच प्रतिष्पर्धा हुदैछ । प्रतियोगिताको विजेताले ३ लाख ११ हजार १ सय ११ र उपविजेताले १ लाख ५१ हजार १ सय ११ रुपैँया प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search